बिहीबार, वैशाख १३, २०८१

स्वर्ग भनेकै नेपाल हो : सद्गुरु

मानसरोवरको भ्रमण्को लागि कयौं पटक नेपाल आइसकेका भारतीय आध्यात्मिक गुरु सद्गुरुले नेपालको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- मानसरोवरको भ्रमण्को लागि कयौं पटक नेपाल आइसकेका भारतीय आध्यात्मिक गुरु सद्गुरुले नेपालको मुक्त कण्ठले प्रशंसा गरेका छन्।

triton college

उनले नेपाललाई स्वर्ग सरह भएको बताउँदै नेपाल आए स्वर्ग खोजिरहुन नपर्ने बताएका हुन्। ‘नेपाललाई जसले महसुस गर्छ उसले स्वर्गको खोजिरहनु पर्दैन,’ सद्गुरुले भने, ‘म बेलायत, अमेरिका, युरोप त्यति धेरै घुम्न रुचाउँदिन जति म नेपाल घुम्न रुचाउँछु।’

कौलाश मानसरोवर भ्रमणपछि फर्किएका सद्गुरुले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएकाले विश्व समुदायलाई नेपाल घुम्न आह्वान गरेका हुन्।

यदि नेपालमा पर्यटन विकास गर्न सके दश वर्षमा नेपालको कायापलट हुने धारणा पनि उनले राखे।

‘नेपाल आउँदा मलाई मन र शरीरमा साकारात्मक ऊर्जा पैदा हुन्छ। त्यसैल म १५ वर्षदेखि लागातार आइरहेको छु,’ सद्गुरुले भने, ‘नेपालको प्राकृतिले मानिसलाई आन्नदित र शान्त बनाउँछ। यहाँको प्राकृतिक सुन्दरता वर्णन गर्न मसँग शब्द नै छैनन्।’

corrent noodles
Metro Mart
‘सगरमाथाको विशेषता आफैंमा ठूलो छ तर सबै सगरमाथा पुग्न गाह्रो छ। तर  साना पहाड र पर्वतमा धेरैजना जान सक्छन्। त्यसैले साहसिक पर्यटनबाहेकका पर्यटकलाई पनि नेपालले आकर्षित गर्नुपर्छ,’ सद्गुरुले भने। 
राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले प्रस्तुत गरेको विकास सम्बन्धी धारणा पनि रोचक थियो। ‘हामीले संसारको सबै मुलुकलाई औद्योगिक मुलुकको रूपमा विकास गरिराख्नु जरुरी छैन। सांस्कृतिक, प्राकृतिक र पर्यटकीय मुलुक बनाउन पनि जरुरी छ। जुन सम्भावना नेपालसँग मात्रै छ,’ सद्गुरुले भने।

राजनीतिक हस्तक्षेपबिना नेपालको संस्कृति, आध्यात्मिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न उनले सुझाव दिए।

‘सगरमाथाको विशेषता आफैंमा ठूलो छ तर सबै सगरमाथा पुग्न गाह्रो छ। तर  साना पहाड र पर्वतमा धेरैजना जान सक्छन्। त्यसैले साहसिक पर्यटनबाहेकका पर्यटकलाई पनि नेपालले आकर्षित गर्नुपर्छ,’ सद्गुरुले भने। 

‘भारतभन्दा नेपालसँग परम्परागत संस्कृति छ। भक्तपुर प्राचिन सहर हो। यस्ता सहरहरु निर्माण गर्दै जानु पर्छ’ उनले भने।

सद्गुरुले भारत आधुनिकताको भासमा फस्दै गएको बताउँदै नेपालमा पनि आधुनिकताको भासमा पर्न सक्नेतर्फ सचेत गराए।

‘म विगतमा पनि काठमाडौं आउन चाहन्थें। काठमाडौँ प्राचिन र देवताहरुको सहर हो,’ उनले भने, ‘तर दुर्भाग्यवश काठमाडौं सुकुम्बासी बस्तीजस्तै देखिन्छ। जनसंख्या र बासस्थान बढ्दैछ। योजनाविना विकास गरिएको सहरको यो मुख्य समस्या हो।’

कुनै पनि बेला प्राकृतिक विनास हुनसक्ने जोखिम रहेको बताउँदै सद्गुरुले भने, ‘दोस्रो केदारनाथको दुर्दशा देख्नुनपरोस्।’

को हुन् सद्गुरु

५ सेप्टेम्बर, १९५७ मा जन्मिएका जग्गी वासुदेव सद्गुरुका नामले विश्व प्रसिद्ध छन्। उनका पिता डाक्टर थिए। ११ वर्षको उमेरमा उनले योगको अभ्यास गर्न थालेका हुन्। उनका योग गरु थिए श्रीराघवेन्द्र राव जसलाई मल्लाडिहल्ली स्वामीको नामले चिनिन्छ।

उनले आध्यात्मिक जागरणको लागि गैरनाफामूलक संस्था इशा फाउन्डेशन स्थापना गरेका छन्। सो फाउन्डेसनले भारतबाहेक अमेरिका, बेलायत, लेबनान, सिंगापुर, अस्ट्रेलियालगायतका देशमा योग सिकाउने तथा  सामाजिक एवं सामुदायिक विकासका काम गर्दछ।

मैसुर विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक गरेपछि उनले बुवाआमाको सल्लाह विपरीत स्नातकोत्तर नपढी व्यावसाय थालेका थिए।

उनले आध्यात्मिक जागरणको लागि गैरनाफामूलक संस्था इशा फाउन्डेशन स्थापना गरेका छन्। सो फाउन्डेसनले भारतबाहेक अमेरिका, बेलायत, लेबनान, सिंगापुर, अस्ट्रेलियालगायतका देशमा योग सिकाउने तथा  सामाजिक एवं सामुदायिक विकासका काम गर्दछ।

सो फाउन्डेशनले संयुक्त राष्ट्रसंघको आर्थिक एवं सामाजिक परिषद्‍मा विशेष सल्लाहकारको उपाधि पाएको छ। उनका प्रवचनहरु पुस्तकारका रुमपा प्रकाशित छन्। उनका पुस्तक कयौं भाषामा सयौंको संख्यामा रहेको छ।

बलियो ग्रहदशा 

उनलाई कुशल वक्ता मानिए पनि यदाकदा उनको आलोचना हुने गरेको छ। उनले सार्वजनिक संवादका क्रममा धेरै विषयमा  बोल्ने गरेका छन्। उनको जन्मकुण्डलीको आधारमा उनलाई बलियो ग्रहदशा भएको व्यक्ति मानिन्छ।

उनको चिना हेरेकाहरुले उनलाई कसैले पनि बोलेर जित्न नसक्ने व्यक्तिका रुपमा चित्रण गर्ने गरेका छन्।

‘उनी ओशोजस्तै बलियो चिना भएका व्यक्ति हुन। जुनसुकै विषयमा उनको अगाडि बसेर कुरा गर्दा हो नै जस्तो बनाइदिने उनको शक्ति छ,’ एक जनाले भनेका छन्, ‘उनलाई जित्न गाह्रै छ।'

प्रकाशित: Sep 05, 2021| 09:04 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।