शुक्रबार, वैशाख ७, २०८१

राजपाको संयोजक फेरिए, अब यादवले नेतृत्व गर्ने

छ पार्टी एक भएर बनेको राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको संयोजक फेरिएका छन् ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौँ- छ पार्टी एक भएर बनेको राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको संयोजक फेरिएका छन् ।

triton college

राजेन्द्र महतोलाई विस्थापित गर्दै आज (आइतबार)बाट राजपाको संयोजक नेता महेन्द्रराय यादव भएका हुन् । शनिबार बसेको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिएको हो ।

यादवले आजदेखि संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाले जनाएको छ । ६ पार्टी एकीकृत भएर बनेको राजपाका ६ अध्यक्षले पालैपालो ६÷६ महिना पार्टीको नेतृत्व गर्दै आएका छन् । अध्यक्ष मण्डलका संयोजक महतोको छमहिने कार्यकाल शनिबार सकिएको छ ।

राजपाको बैठकले भ्रातृसंगठन राष्ट्रिय विद्यार्थी संघको अध्यक्ष मण्डलमा सदस्य कृष्णकुमार सिंहलाई संयोजक तोकेको छ । बैठकले सिंहलाई आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनाव र राष्ट्रिय विद्यार्थी संघको महाधिवेशन गराउने जिम्मेवारीसमेत तोकेको छ ।

प्रकाशित: Jan 19, 2020| 09:12 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।