बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आइजिपी बन्न नेतासँग उठबस बढाउँदै प्रहरी अधिकारी, कसको सम्भावना बलियो ?

आइजिपी बन्न नेतासँग उठबस बढाउँदै प्रहरी अधिकारी, कसको सम्भावना बलियो ?

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्न दौडधुप सुरु भएको छ। यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडाैं- नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्न दौडधुप सुरु भएको छ।

triton college

यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन्। आइजिपी खनाल र तीन एआइजिपी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजिपी बनाउनुपर्ने अवस्था आएको छ।

यसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्। अवकाश पाउन लागेका एआइजिपी खनालका ब्याची हुन्।

आइजिपी र तीन एआइजीसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले पनि सेवाबाट अवकाश पाउँदै छन्। खनाल, कार्की, राई र बस्नेत २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। ९०औं ब्याचमा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन्।

प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डिआइजी तारणी लम्साल आइजिपीका दाबेदार देखिएका छन्।

corrent noodles
Metro Mart

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।

९०औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा ज्ञवाली, लम्साल र सूर्यप्रसाद उपाध्याय सेवामा प्रवेश गरेका थिए। ज्ञवाली र लम्सालभन्दा बढुवामा पछाडि रहेका कारण उपाध्याय भने आइजिपीको प्रतिस्पर्धामा छैनन्।

बढुवा वरीयतामा उपाध्याय पछिल्लो ९१औंको ब्याचीका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि छन्।

नयाँ आइजिपीको दाबेदारमा ज्ञवाली, लम्सालसँगै थापा, पाल, शाही र कार्की पनि छन्। यी सबै डिआइजी हुन्। ज्ञवाली र लम्सालमध्ये जो आइजिपी भए पनि पाँच महिनाका लागि मात्रै हुनेछन्।

ज्ञवाली केही दिनअघि मोरङबाट काठमाडौं आएका छन् भने लम्साल २२ दिनको बिदामा छन्। उनीहरू दुवैले गृह मन्त्रालय र राजनीतिक दलका नेतासँग संगत बढाएका छन्।

एआइजिपीका लागि पनि दौडधुप सुरु भएको छ। २०४९ वैशाख १९ गते सेवा प्रवेश गरेका थापा, पाल, शाही, कार्कीसँगै २०४९ चैत ११ गते भर्ना भएका विश्वराज पोखरेल पनि एआइजिपीका दाबेदार हुन्।

पोखरेल ९१औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा सेवामा पसेका थिए। हालका एसएसपी पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल वरीयतामा अघि परेका थिए। नागरिकमा खबर छ ।

प्रकाशित: Jan 19, 2020| 08:08 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।