बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तहमा बेथितिः छोरा बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने

स्थानीय तहमा बेथितिः छोरा बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने

उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द्र यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति संयोजक भने पदाधिकारीमध्येकै एक जनाका बुबा छन् ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले स्थानीय तहको बेथितिदेखि लुटेरा मेडिकल कलेजमाथि अझै कारबाही नभएको विषयसम्मलाई मुख्य समाचार बनाएका छन् ।

triton college

स्थानीय तहमा देखिएको विकृति चिरफार गर्दै कान्तिपुर दैनिकले अनियमितता डुब्दै स्थानीय तह शीर्षकमा मुख्य समाचार छापेको छ।

विराटनगरको सडक निर्माणको दृष्टान्त प्रस्तुत गर्दै कान्तिपुरले गाउँ–गाउँमा पुगेका सिंहदरबारहरू अनियमितताका अखडामा परिणत हुँदै गएको समाचारमा उल्लेख गरेको छ ।

विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द्र यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति संयोजक भने पदाधिकारीमध्येकै एक जनाका बुबा छन् ।

उता कर्णालीका स्थानीय तहमा पनि उस्तै विकृति भित्रिएका छन् । पालिकैपिच्छे उजुरीका चाङ रहेको र निर्दे्शिका मिच्दै रकम बाँडिएको कान्तिपुरको समाचारमा उल्लेख छ । प्रदेश २ मा त एउटै योजनामा २ पटकसम्म बजेट विनियोजन गरेको भेटिएको छ ।

corrent noodles
Metro Mart

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेको सहमति २ महिना पुग्नै लाग्दासमेत अझै कार्यान्व्यन नगरेको विषयलाई मुख्य समाचार बनाउँदै थेत्तरा मेडिकल कलेज शीर्षकमा खबर छापेको छ ।

उसले समाचारमा लेखेको छ– विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना गरेका छैनन् । बर्सेनी ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको निर्देशनसमेत अटेर गरेका छन्।

उनीहरूले अतिरिक्त शुल्क समायोजन वा फिर्ता जुन अनुकूल हुन्छ त्यही गर्ने सहमति शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेका थिए। त्यो काम भोलिपल्टदेखि नै गर्ने प्रतिबद्धता उनीहरूले जनाएका थिए।

तर, विद्यार्थीलाई भर्पाई नदिई शुल्क असुलेका कलेजले फिर्ता दिनुको साटो मानसिक तनाव दिँदै थप शुल्क लिएको पाइएको छ। कलेजले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएको समाचारमा उल्लेख छ ।

यस्तै अन्नपूर्णले सत्यनिरुपण र बेपत्ता छानविन आयोगमा दलिय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।

सत्यनिरुपणको अध्यक्षमा गणेशदत्त भट्ट नियुक्त भएका छन् भने बेपत्ता छानविन आयोगमा युवराज सुवेदी अध्यक्षमा नियुक्त भएका छन् ।

आजको नागरिक दैनिकले अन्नपूर्ण पदमार्गमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात बेपत्ता भएको विषयलाई मुख्य समाचार बनाएको छ। यस्तै मनाङ पुगेका ४ चिनियाँ नागरिक सम्पर्कविहिन भएको भएको पनि समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले भने म्युजिक नेपालको दादागिरीविरुद्ध मुख्य समाचार छापेको छ। आफ्नो सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा शीर्षकमा उसले खबर छापेको छ ।

नारायणगोपाल, भक्तराज आचार्य, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, यादव खरेल, अरुणा लामा, तारादेवीदेखि नयाँ सर्जकसम्मका सिर्जना अनधिकृत रूपमा रिङ ब्याक टोन र युट्युबलगायत डिजिटल प्लेटफर्ममा बेचेर म्युजिक नेपालले करोडौँ लुट मच्चाएको समाचारमा उल्लेख छ । न्यायका लागि सर्जकहरू संगठित भएको पनि उसले उल्लेख गरेको छ।

प्रकाशित: Jan 19, 2020| 07:42 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।