शनिबार, वैशाख ८, २०८१

सुदूरपश्चिम प्रदेश सरकारको पुँजिगत खर्च १० प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा पुँजिगत खर्च १० प्रतिशत मात्रै गरेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा पुँजिगत खर्च १० प्रतिशत मात्रै गरेको छ।

triton college

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको चालु र पुँजिगत गरी जम्मा २८ अर्व १६ करोड बजेट रहेकोमा पुँजिगततर्फ अहिलेसम्म एक अर्व ३४ करोड ५२ लाख खर्च भएको छ।

जुन कुल पुँजिगत बजेटको १० दशमलव ३ प्रतिशत हुन्छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको खर्च प्रगतिबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत वर्षको तुलनामा यस वर्ष खर्च प्रगति सन्तोषजनक रहेको बताए। उनका अनुसार गत वर्ष यही समयमा एक दशमलब ४१ प्रतिशत मात्रै पुँजिगत बजेट खर्च भएको थियो।

उनले सुदूरपश्चिम प्रदेश सरकारका विकासे योजनाहरु कार्यान्वयनमा गएको बताए। मन्त्री बोहराले अहिले तथ्याङकमा खर्च कम देखिए पनि भौतिक प्रगति भने ३० प्रतिशत भन्दा बढि भएको दाबी गरे। उनले यसवर्ष बाँकी ९० प्रतिशत पनि खर्च हुने दाबी गरे।

corrent noodles
Metro Mart

प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २० प्रतिशत पूँजिगत बजेट खर्च गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पुँजिगत खर्च सबैभन्दा कम छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुन्य दशमलब ३० प्रतिशत पुँजिगत बजेट खर्च भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको दुई दशमलव ४९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँच दशमलव ६२ प्रतिशत, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६ दशमलव ४९ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयको छ दशमलव २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ दशमलव ७१ प्रतिशत र सामाजिक विकास मन्त्रालयको चार दशमलव ९९ प्रतिशत पुँजिगत बजेट खर्च भएको छ।

गत वर्षको तुलनामा सरकारको बजेट खर्च २ सय ३९ प्रतिशतले वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्री बोहराको दाबी छ। मन्त्री वोहराका अनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४.९५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो।

राजश्व सङ्कलनमा समेत सुधार भएको मन्त्री वोहराले पत्रकार सम्मेलनमा जानकारी गराए। चालू आर्थिक वर्षका लागि तोकिएको ८८ करोड ६४ लाखमध्ये हालसम्ममा ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख राजश्व सङ्कलन भइसकेको उनले बताए।

राजश्व संकलनको अवस्था समेत सुधार भएको उनले बताए।

प्रकाशित: Jan 18, 2020| 19:13 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्