काठमाडौं- बलिउडकी चर्चित नायिका शबाना आजमी चढेको कार दुर्घटनामा परेको छ।
मुम्बई–पुणे हाईवेमा कार दुर्घटना हुँदा शबाना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनलाई नयाँ मुम्बईको केएमजीएम अस्पतालमा भर्ना गरिएको छ।
यो दुर्घटना मुम्बईबाट ६० किलोमिटर दूरीमा रहेको खलापुर नजिक दिउँसो पौने ४ बजे भएको जनाइएको छ।
रायगढका एसपी अनिल परासकरका अनुसार उनको कार ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनामा कार पुर्णरुपमा क्षतिग्रस्त भएको छ।
शबाना आफ्ना पति जावेद अख्तरसहित कारमा सवार थिइन्। जाबेद भने सकुशल रहेका छन्।