शुक्रबार, वैशाख ७, २०८१

बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। बिहीबारबाट निरन्तर परेको वर्षाले शुक्रबार बिहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा यस सडक अवरुद्ध भएको हो
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

लमजुङ- लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। बिहीबारबाट निरन्तर परेको वर्षाले शुक्रबार बिहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा यस सडक अवरुद्ध भएको हो

triton college

यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासों गाउँपालिकास्थित सिरन तालमा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौलीका सवइन्जिनीयर सुमन अधिकारीले बताए।

सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध बनाएपछि सडक डिभिजन कार्यालयको ‘जेसिभी’ ले सडक खुलाउने प्रयास भइरहे पनि विभिन्न स्थानमा पहिरो गएकाले समस्या भइरहेको उनको भनाइ छ।

अवरुद्ध सडक खुलाउँदै गरेपनि फेरि पुनः ढुङ्गा माटो झरिरहेकाले भोलिसम्म नै सडक अवरुद्ध हुन सक्ने उनले बताए। यस सडक अवरुद्ध हुँदा यात्रु तथा अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकहरु मर्कामा परेका छन्।

निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेको बताइएको छ। विदेशी पर्यटकहरु जोखिम मोलेर पहिरो माथिबाटै हिँडडुल गरिरहेका छन्।

corrent noodles
Metro Mart

यस सडकखण्डमा यसअघि समेत पटकपटक सडक अवरुद्ध भएको थियो। बेँसीशहर–चामे सडक ६५ किलोमिटर लामो दूरी रहेको छ। यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्ने गर्दछन्। रासस

प्रकाशित: Jan 17, 2020| 18:21 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।