शनिबार, वैशाख ८, २०८१

बलियो मछिन्द्र शेर्पासँग पराजित

सहीद स्मारक ‘ए’डिभिजन लिगको बलियो टोली मछिन्द्र क्लबले पहिलो हार ब्यहोरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मछिन्द्रलाई हिमालयन शेर्पाले पहिलो हार चखाएको हो।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं - सहीद स्मारक ‘ए’डिभिजन लिगको बलियो टोली मछिन्द्र क्लबले पहिलो हार ब्यहोरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मछिन्द्रलाई हिमालयन शेर्पाले पहिलो हार चखाएको हो।

triton college

खेलमा शेर्पाले पहिलो मिनेटमै अग्रता बनाएको थियो। मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गर्न पुग्दा शेर्पाले अग्रता बनाएको थियो। त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले हेडमार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए। निरज बस्नेतको फ्रि किकलाई विजयले गोलमा परिणत गरेका थिए।

पहिलो हाफको २० मिनेटमै २-० गोलले पछाडि परेपछि आक्रामक बनेको मछिन्द्रका दुई कडा प्रहार शेर्पाका गोलरक्षकले कठिन बचाउ गरे। पहिलो हाफमा आक्रामक बनेको मछिन्द्रले दोस्रो हाफमा पनि बल धेरै जसो आफ्नै पक्षमा राखेपनि गोल गर्नबाट भने चुक्दा पहिलो पराजय भोग्न बाध्य भयो भने शेर्पा पहिलो जित निकाल्न सफल भयो।

जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ। शेर्पा लिगको नवौं स्थानमा उक्लिएको छ। मछिन्द्रले ७ खेलमा १३ अंक जोडेको छ।

 

corrent noodles
Metro Mart

 

प्रकाशित: Jan 17, 2020| 17:52 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।