सोमबार, जेठ १२, २०७७

समाचार

लकडाउन नटेर्ने ८९१ सवारीसाधन नियन्त्रणमा

1585149569PRO_KTM_CORONA_LOCKDOWN_202003.jpg

काठमाडौं- कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको आदेश नटेर्ने ८९१ सवारीसाधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। नियन्त्रणमा लिइएकामध्ये दुईपाङ्ग्रे ७७० र चारपाङ्ग्रे १२१ रहेका महाशाखाले जनाएको छ।

घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाईबुझाई घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए।

प्रहरीले मंगलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो। सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ। -रासस

प्रतिक्रिया दिनुहोस्