शुक्रबार, वैशाख १४, २०८१

निक्षेपभन्दा कर्जा २.४ प्रतिशत बढी

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह निक्षेपको तुलनामा २.४ प्रतिशतले बढेको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह निक्षेपको तुलनामा २.४ प्रतिशतले बढेको छ। यस अवधिमा निक्षेप जम्मा ५.४८ प्रतिशले बढेको छ भने वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.८८ प्रतिशतले बढेको छ।

triton college

नेपाल बैंकर्स एसोसिएनका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको कुल निक्षेप एक खर्ब ५८ अर्ब र कुल कर्जा प्रवाह एक खर्ब ९७ अर्बले बढेको छ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा निक्षेप २८ खर्ब ७८ हजार रुपैयाँ रहेको थियो भने कर्जा प्रवाह २४ खर्ब ९८ अर्ब रुपैयाँ रहेको एसोसिएसनले जनाएको छ। तर चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा निक्षेप ३० खर्ब ३६ अर्ब रुपैयाँ र कर्जा प्रवाह २६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै पुस महिनामा जम्मा ४४ अर्ब रुपैयाँले मात्र बढेको थियो भने कर्जा एक महिनामा २९ अर्ब रुपैयाँ मात्र बढेको छ। मंसिरमा निक्षेप जम्मा २० अर्ब रुपैयाँमात्र निक्षेप बढेको छ भने कर्जा २६ अर्बले बढेको छ।

प्रकाशित: Jan 17, 2020| 13:43 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्