बुटवल– दाङका दुई स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
दाङको चिसापानीमा बिहीबार राति रा५प २२६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी शान्तिनगर गाउँपालिका–५, काशीपुरका टोपलाल केसीको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते ५२ वर्षीय उपचारका लागि कोहलपुर मेडिकल लैजादै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केसीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि कोहलपुर लगिएको थियो।
यस्तै, शान्तिनगर गाउँपालिका–१, हारिचारमा रा१क नम्बरको एक्साभेटरको ठक्करबाट ६६ वर्षीय लालबहादुर थापाको ज्यान गएको छ। थापाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता एवं डीएसपी नरराज पोखरेलले जानकारी दिए।
प्रहरीले एक्साभेटर र त्यसका चालक नोखिराम बुढाथोकीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।