शुक्रबार, वैशाख ७, २०८१

सभामुख पूर्व माओवादीले नै पाउने, ओली लचक !

सरकारलाई सहज हुने गरी संसद् सञ्चालन गर्ने प्रतिबद्धताका आधारमा सभामुख पूर्वमाओवादीलाई पनि दिन ओली सहमत भएका छन् ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुल राजनीतिक विषयलाई नै मुख्य समाचार बनाएका छन् ।

triton college

धेरैजसोले सभामुख छान्न नेकपामा देखिएको सकस र बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफललाई प्राथमिकताका साथ छापेका छन् ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान तर्साउने अस्त्रका रुपमा मात्रै प्रयोग गरिएको विषयलाई मुख्य समाचार बनाएको आजको कान्तिपुर दैनिकले सभामुखमा ओली लचक हुने संकेत देखाएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेको कान्तिपुरले लेखेको छ ।

स्रोतका अनुसार पूर्व एमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबाबमा परेका हुन् ।

corrent noodles
Metro Mart

‘सरकारलाई सहज हुने गरी संसद् सञ्चालन गर्ने प्रतिबद्धताका आधारमा सभामुख पूर्वमाओवादीलाई पनि दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नुभएको छ,’ एक नेताले भने । बोलचालै नभएको पाँच दिनपछि बिहीबार ओली र दाहालले करिब साढे दुई घण्टा छलफल गरेका थिए ।
‘बिहीबारको घटनाक्रम जरी अघि बढेका छन्, त्यसलाई हेर्दा पूर्वमाओवादी समूहमै सभामुख पद रहने देखिएको छ,’ पूर्व एमाले समूहकै एक नेताले भने, ‘बरु अहिले चर्चामा रहेका पात्रहरुभन्दा फरक व्यक्तिको नाम सभामुखमा आउन सक्छ ।’

माओवादी पक्षबाट दाहालले अग्नि सापकोटालाई सार्न खोेजेका छन् । सापकोटाको प्रतिस्पर्धीका रुपमा पम्फा भुसालसँगै अब हरिबोल गजुरेलको नामसमेत भित्रिएको स्रोतको दाबी छ ।

यस्तै नागरिक दैनिकले पनि दबाबमा दाहाल, ओलीले भने– सभामुखमा सहमति जुटाउनुस् शीर्षकमा मुख्य समाचार छापेको छ । सभामुख लगायत अन्य विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहाललाई ओलीले सभामुखको उम्मेदवार कसलाई बबनाउने भन्ने विषयमा चाँडो सहमति जुटाउन भनेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीसँगको भेटमा कार्यकारी अध्यक्ष दाहालले अन्य विषयसँगै सभामुखको उम्मेदवारबारे पनि छलफल गर्न खोजेका थिए । तर अन्य विषयमा भएको छलफल सकारात्मक भए पनि सभामुखबारे भने कुनै निष्कर्ष निस्कन नसकेको बताइएको छ ।

अन्नपूर्ण पोस्ट्ले भने राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडा नैतिक संकटमा परेको विषयलाई मुख्य समाचार बनाएको छ।

यस्तै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टीले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढेको भनि निकालेको प्रतिवेदनलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।

आजको नयाँ पत्रिकाले भने जनप्रतिनिधि नै गिटी बालुवाको ठेकेदार बनेको विषयलाई मुख्य समाचार बनाएको छ । स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय भएको समाचारमा उल्लेख छ।

यस्तै नेपालमा पनि प्राणघातक कोरोना भाइरस भेटिएको विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ । सन् २००३ मा चीन लगायत ३० देशमा चार सयको ज्यान लिएको सार्स रोग कोरोना भाइरसबाटै सरेको थियो ।

 

प्रकाशित: Jan 17, 2020| 07:56 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।