बुधबार, वैशाख १२, २०८१

राजपा केन्द्रीय सदस्यले दिए सरकार ढाल्ने चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहकार्य गरे लगत्तै प्रदेश २ सरकार परिवर्तन हूँने आंकलन भइरहँदा राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोका छोरीज्वाईंले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको चर्को आलोचना गरेका छन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गरेलगत्तै प्रदेश २ सरकार परिवर्तन हुने आंकलन भइरहँदा राजपाका एक केन्द्रीय सदस्यले भने प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको चर्को आलोचना गरेका छन्।

triton college

राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोका ज्वाइँसमेत रहेका अनिलकुमार महासेठले ‘मुख्यमन्त्री र मन्त्रीहरु राति सुतेर बिहान हेर्दा तिनीहरुको पद पनि रहँदैन, संघीयता पनि रहँदैन’ भन्दै चेतावनी दिएका हुन्। महासेठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो चेतावनी दिएका हुन्।

प्रदेशमा सरकार परिवर्तनको हल्ला चलिरहेको बेला महतोका छोरीज्वाइँको यस्तो टिप्पणीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। महासेठले सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री लालबाबु राउत र राजपाबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका जितेन्द्र सोनलको तस्बिर राखेर यस्तो टिप्पणी गरेपछि राजपा र समाजवादी पार्टीमा हल्लाखल्ला मचिएको छ।

गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको भुक्तानी हुन नसकेपछि प्रदेशका मुख्यमन्त्री राउतदेखि सबै मन्त्रीहरु तनावमा छन्। भुक्तानी पाउन नसकेका उपभोक्ताहरु सरकारविरुद्ध उत्रिएका छन् भने यसै कारणले प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन। राजपा र समाजवादी पार्टीका कार्यकर्ता रहेका अधिकांश उपभोक्ताले प्रदेशसभा नै घेराउ गरेर प्रदर्शन गरिसकेका छन्। प्रदेशसभा अवरुद्ध भएपछि उनीहरुले प्राविधिक कार्यालय जनकपुरमा तालाबन्दी गरेका छन्।

महतोका ज्वाइँ महासेठले दोस्रो वर्षको आठ महिनामा प्रदेश सरकारले एक रुपैयाँ पनि विकासका लागि खर्च गर्न नसकेको आरोप पनि लगाएका छन्। महासेठले लेखेका छन्,‘संघीयताको जननी मधेश हो। त्यसैमध्ये हालको प्रदेश २ सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउतजीसँग त्यो सरकारको लोकसेवा आयोग पास मन्त्रीजीहरु तपाईंहरुको सरकारको दोस्रो वर्षको आठ महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्न सक्नु भएको छैन। पुरानो वर्षको उपभोक्ताहरुको पैसा त तिर्न सक्नु भएन। अझ पनि समय छ, सिरियस हुनुस्। नत्र कुनै दिन राति सुतेर बिहान हेर्दा संघीयता नि हुँदैन पद नि रहँदैन।’

corrent noodles
Metro Mart

 

प्रकाशित: Jan 16, 2020| 14:03 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।