काठमाडौं– मनमोहन एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) जारी सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिमलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
सुनसरीको इनरुवामा जारी प्रतियोगितामा नेपाल पुलिसले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनायो।
नेपाल पुलिसका लागि दीपेन्द्र ऐरीले ६८ रनकाे याेगदान दिए। यस्तै, ललित सिंह भण्डारीले ४०, अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ र कुशल भुर्तेलले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फं सुदूरपश्चिका विनोद लामा, शेर मल्ल र आकाश चन्दले समान ३ विकेट लिँदा सन्तोष भट्टले १ विकेट लिए।
प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ।