मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • व्यापार युद्ध रोक्न चीन र अमेरिका सहमत, कस्ताे पर्छ विश्व अर्थव्यवस्थामा प्रभाव ?

व्यापार युद्ध रोक्न चीन र अमेरिका सहमत, कस्ताे पर्छ विश्व अर्थव्यवस्थामा प्रभाव ?

लामो समयदेखि जारी व्यापार युद्ध कम गर्न अमेरिका र चीन सहमत भएका छन्। यससम्बन्धी सम्झौतामा बुधबार राति हस्ताक्षर भएको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

वाशिङ्टन– लामो समयदेखि जारी व्यापार युद्ध कम गर्न अमेरिका र चीन सहमत भएका छन्। यससम्बन्धी सम्झौतामा बुधबार राति हस्ताक्षर भएको छ।

triton college

दुई देशबीचको यो सम्झौताले विश्व व्यापारलाई नै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। किनकी चीन–अमेरिका व्यापारिक तनावले दुई देशीबीचको मात्रै होइन, विश्वव्यापी अर्थ व्यवस्थामा पनि असर परिरहेको थियो।

सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘पछिल्लो सम्झौता अमेरिकाको अर्थ व्यवस्थामा परिवर्तन ल्याउन सफल हुनेछ।’

राष्ट्रपति ट्रम्पले यसबाट चीन र अमेरिकाबीच निकै मजबुद सम्बन्धको जग तयार हुने बताएका छन्। उनले भनेका छन्, ‘हामी दुवै मिलेर पछिल्ला गल्तीलाई सच्याएका छौं। हामी मिलेर आर्थिक न्याय र सुरक्षायुक्त भविष्य तयार गरिरहेका छौं। विश्वभर शान्ति ल्याउनको लागि यो एउटा प्रयास हो।’

चीनका नेताले पनि यो सम्झौतालाई फाइदाको कारोबार भनेका छन्। दुई देशबीचको सम्बन्धमा पनि यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

corrent noodles
Metro Mart

सम्झौताअनुसार चीनले अमेरिकी आयातको हिस्सा बढाएर २ सय बिलियन डलरसम्म पुर्याउन सक्नेछ। त्यस्तै, चीनका केही सामानमा लगाएको उत्पादन शुल्क ५० प्रतिशतसम्म कम गर्न अमेरिका सहमत भएको छ।

अमेरिका र चीनबीच सन् २०१८ देखि व्यापारिक युद्ध जारी छ। यसले विश्वव्यापी अर्थ व्यवस्थामा पनि असर गरेको पाइएको थियो।

 बीबीसी

प्रकाशित: Jan 16, 2020| 10:28 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।