बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतको नागरिकता ऐनले नेपालमा शरणार्थी चिन्ता, सर्वोच्चमा रिट

भारतको नागरिकता ऐनले नेपालमा शरणार्थी चिन्ता, सर्वोच्चमा रिट

भारतले हालै संशोधन गरेको नागरिकता कानुनले नेपालमा शरणार्थी बढ्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- भारतले हालै संशोधन गरेको नागरिकता कानुनले नेपालमा शरणार्थी बढ्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

triton college

भारतको नागरिकता कानुनले नेपालमा शरणार्थी बढ्न सक्ने र त्यसरी आएका शरणार्थीको व्यवस्थापन चुनौतिपूर्ण हुने जिकिर गर्दै अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्वमा रिट दायर गरेका हुन्। रिटमा उनले सरकारका नाममा परामदेश माग गरेका छन्।

‘अहिले भारतले ल्याएको नागरिकता कानुनअन्तर्गत मुसलमान र आदिवासीलाई समेटिएको छैन। भारतमा आदिवासी १३ प्रतिशत र मुसलमान १७ प्रतिशत छन्। १३५ करोड जनसंख्या भएको मुलुकको ३० प्रतिशत ४१ करोड हुन्छ। त्यसको १ प्रतिशत ४१ लाख हुन आउँछ’ रिटमा भनिएको छ।

‘तीमध्ये केही मानिस भारतमा बढ्दो दंगा, हिंसा, असुरक्षा र नागरिक कानुनको कारण खुला सिमानाको फाइदा उठाउँदै नेपालमा शरणार्थीका रूपमा आए भने हामीले थेग्न सक्ने अवस्था हुँदैन’ रिटमा भनिएको छ।

सरकार र अध्यागमन विभागले कुनै सतर्कता र सुरक्षा नअपनाएको र आवश्यक तयारी पनि गरेको भन्दै रिटमा हाल दंगाग्रस्त भारतबाट त्यहाँ असुरक्षितहरू खुला सिमानाको प्रयोग गर्न आउनसक्ने र त्यसबाट नेपालको राष्ट्रिय हित प्रतिकूल असर पर्नसक्ने औँल्याएइको छ।

corrent noodles
Metro Mart

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले रिट निवेदनको विषय गम्भीर रहेको भन्दै सो निवेदनलाई अग्राधिकारमा राखेर सुनुवाई गर्न आदेश दिएकी छन्।

१५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत रिटमा माग दाबी गरिएको परमादेश किन जारी गर्नु नपर्ने हो कारण पेस गर्न पनि विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा आदेश जारी गरिएको छ।

प्रकाशित: Jan 15, 2020| 16:05 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।