बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • टुँडिखेलमा आजदेखि पार्किङ बन्द, कहिले हट्छ अन्य अतिक्रमण ?

टुँडिखेलमा आजदेखि पार्किङ बन्द, कहिले हट्छ अन्य अतिक्रमण ?

राजधानीको टुँडिखेलमा आज (माघ १ गते)देखि पार्किङ बन्द गरिएको छ । टुँडिखेल बचाउँ अभियानका अभियन्ताहरूको
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौँ- राजधानीको टुँडिखेलमा आज (माघ १ गते)देखि पार्किङ बन्द गरिएको छ ।

triton college

टुँडिखेल बचाउँ अभियानका अभियन्ताहरूको मागबमोजिम आजबाट पार्किङ बन्द गरिएको काठमाडौँ महानगरपालिका वडा २८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए ।

विभिन्न सामाग्री राखेर गरिएको अतिक्रमण पनि क्रमश हटाउने उनले बताए । बसपार्क, फुटपाथ ब्यापार र पार्किङले खुलामञ्च अतिक्रमण गरेको भन्दै अभियान्ताहरुले यो तत्काल हटाउन माग गरेका थिए ।

दुई दशकअघिसम्म राजनीतिक, सांस्कृतिक, सामाजिक गतिविधिका लागि प्रयोग हुँदै आएको टुँडिखेल (खुलामञ्च) अनधिकृत अतिक्रमणको चपेटामा परेको छ ।

मानव अतिक्रमणमा परेको टुँडिखेलको स्वतन्त्रताका लागि नागरिकस्तरमा अभियानको थालनी भएको छ । ‘‘अकुपाई टुँडिखेल’’ भन्दै कात्तिक २३ गते विशाल मानव साङ्गलोले टुँडिखेल घेरा हालेको थियो ।

हरेक शनिबार जनचेतनामूलक गतिविधि गर्दै आएका अभियन्ताहरूलाई साथ दिँदै काठमाडौँ महानगरपालिका वडा नम्बर २८ ले माघ १ गतेदेखि टुँडिखेलमा पार्किङ निषेधभन्दै ब्यानर टाँगेको छ । जनतादेखि जनप्रतिनिधिसम्म अभियानसमेत अभियन्ताले सञ्चालन गरेका छन् ।

corrent noodles
Metro Mart

टुँडिखेलभित्र अस्थायी बसपार्क, पार्किङ, व्यापारिक टहरा, भ्युटावर निर्माण सामग्री थुप्रिएका छन् । अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठका अनुसार त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म फैलिएको टुँडिखेलमा स्थायी रूपमै १३ स्थान मिचिएका छन् ।

टुँडिखेलको ऐतिहासिक र राजनीतिक पृष्ठभूमि मात्र नभएर सांस्कृतिक पर्व, जात्रा र सम्पदासँग समेत गाँसिएको स्थानीय बताउँछन् ।

प्रकाशित: Jan 15, 2020| 08:27 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।