शुक्रबार, वैशाख १४, २०८१

टेलिकमको प्रतिसेयर ४५ रुपैयाँ नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ को मुनाफा रकमबाट प्रतिसेयर ४५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ को मुनाफा रकमबाट प्रतिसेयर ४५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

triton college

मंगलबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५–०७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७६–०७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५–०७६ मा कर तथा गैरकरबापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको छ । कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी दिए ।

भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः रू. ४३.८४ अर्ब र रू. ९.७६ अर्ब कायम गर्न सफल भएको जनाइएको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 14, 2020| 17:56 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्