शुक्रबार, वैशाख १४, २०८१

तिलोत्तमामा माघ १० देखि व्यापार मेला

बुटवलमा मेला लागेको महिना दिन नपुग्दै नजिकैको अर्को सहर तिलोत्तमामा ‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को आयोजना गर्न लागेको हो ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

भैरहवा । बुटवलमा मेला लागेको महिना दिन नपुग्दै नजिकैको अर्को सहर तिलोत्तमामा ‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को आयोजना गर्न लागेको हो ।

triton college

माघ ९ देखि २० गतेसम्म सञ्चालन हुने भनिएको दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला राष्ट्रियसभाको निर्वाचनका कारण माघ १० गतेदेखि २१ गतेसम्म हुने तय भएको मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले जानकारी दिए ।

रुपन्देहीको मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व तिलोत्तमा नगरपालिका ५ मा आयोजना गरिने मेलामा कुल ३ सय स्टल रहनेछन् । जसमा कृषि, पर्यटन, उद्योग, व्यापार, रेष्टुरेन्ट लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् । लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी पर्यटन क्षेत्रका संभाव्यतालाई मेलामा उजागर गरिने अध्यक्ष भण्डारीले बताए ।

कृषिलाई आधारशिलाको रुपमा स्थापित गरी एक गाउँ एक उत्पादनको अवधारणालाई मूर्तरुप प्रदान गर्ने गरी कृषिलाई प्राथमिकता दिनेगरी मेला आयोजना गर्न लागिएको उद्योग उपाध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 14, 2020| 17:37 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।