बुधबार, वैशाख १२, २०८१

नेप्सेमा ७.४८ अंकको करेक्सन

अल्पकालीन लगानीकर्ता हावी भएर बढेको सेयर बजारमा मंगलबार केही करेक्सन भएको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं। अल्पकालीन लगानीकर्ता हावी भएर बढेको सेयर बजारमा मंगलबार केही करेक्सन भएको छ। लगानीकर्ताले आफ्नो प्रोफिट बुक गरेसँगै बजार ७.४८ अंकले घटेर १२६३.३८ अंकमा अडिएको छ।

triton college

पछिल्लो तीन दिनमा नेप्से ६१ अंकले बढेको थियो । मंगलबार १८३ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। आज रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमा सर्किट ब्रेक लागेको थियो । यसदिन सबैभन्दा बढी कमाउनेमा मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स र पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ता छन् ।

त्यस्तै गुमाउनेहरुमा दिव्यश्वरी हाइड्रोपावर, वरुण हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर र आशा लघुवित्तका लगानीकर्ताहरु रहेका छन् ।

यसदिन प्रभु बैंकको संस्थापक सेयर ११ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नागरिक लगानी कोष, एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, डिप्रोक्स लघुवित्त र प्रभु बैंकको सर्वसाधारण सेयरको सबैभन्दा बढी कारोबार भएको छ ।

मंगलबार व्यापार, वित्त, होटल, अन्य र विकास बैंक उपसमूहको परिसूचक बढेका छन् भने बाँकी समूहको समूहगत परिसूचक घटेको छ ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Jan 14, 2020| 16:14 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्