शुक्रबार, वैशाख ७, २०८१

सल्यानका ३९ गाउँमा प्रहरीको नियमित गस्ती

सल्यानका विभिन्न ३९ वटा गाउँमा प्रहरीले अबदेखि नियमित गस्ती गर्ने भएको छ । दुर्गमबस्ती हुने अपराध नियन्त्रण र जनतासँगको सम्बन्ध समधुर बनाउन प्रहरीले नियमित गस्ती गर्ने भएको हो ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

सुर्खेत । सल्यानका विभिन्न ३९ वटा गाउँमा प्रहरीले अबदेखि नियमित गस्ती गर्ने भएको छ । दुर्गमबस्ती हुने अपराध नियन्त्रण र जनतासँगको सम्बन्ध समधुर बनाउन प्रहरीले नियमित गस्ती गर्ने भएको हो ।

triton college

प्रहरीले जिल्लाका पानचौर, दार्मकोट, वाफुखोला,गुरुदासे, गर्चे, अवलवेसी, घुइयाबारी, जलजला र छरछरे लगायतका ३९ बस्तीमा गस्ती गर्ने छ । ‘जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन र अपराध नियन्त्रणका लागि अभियान सुरु गरेका छौं’ सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘नियमित गस्तीले फरार अपराधीहरु खोज्न र जनतासँगको समन्ध बलियो बनाउन सहयोग मिल्नेछ ।’

गस्तीका लागि प्रहरीले जिल्लाका ३९ वटा दुर्गम बस्तीहरु छनौट गरेको छ । प्रहरी चौकीबाट दुईदेखि आठ घण्टासम्मको पैदल दूरीलाई दुर्गमबस्ती मानेर गस्तीका लागि छनौट गरिएको हो । अबदेखि छनौट गरिएका बस्तीमा हप्तामा एक पटक प्रहरीले गस्ती गर्नेछ । गस्तीमा पुग्ने प्रहरीले स्थानीय र जनप्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया गरेर फर्कने छ ।

स्थानीय र जनप्रतिनिधिहरुसँग गरिएको छलफलको समेत तस्विर प्रहरीले खिचेर ल्याउने छ । प्रहरी गस्तीमा गएको हो या होइन भनेर प्रमाणका लागि सम्बन्धित बस्तीको तस्विर अनिवार्य रुपमा जिल्लामा पेश गर्नुपर्नेछ ।

प्रकाशित: Jan 14, 2020| 12:52 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।