बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खनाल बिदामा बस्न नपाउने, नयाँ आईजीपीका लागि तीनजना प्रतिस्पर्धामा

खनाल बिदामा बस्न नपाउने, नयाँ आईजीपीका लागि तीनजना प्रतिस्पर्धामा

दोस्रो वरीयतामा रहेका अधिकृतले पनि सँगै अवकास पाउने भएका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका हुन्।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– सामान्यतयाः सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि भावी नेतृत्वकर्तालाई कायममुकायम दिएर बिदामा बस्ने प्रचलन छ। तर, यसपटक नेपाल प्रहरीमा यो प्रचलनले निरन्तरता नपाउने भएको छ ।

triton college

दोस्रो वरीयतामा रहेका अधिकृतले पनि सँगै अवकास पाउने भएका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका हुन्।

नेपाल प्रहरीको दोस्रो वरीयतामा आईजीपी खनालपछि एआईजी पुष्कर कार्की छन् । कार्की र खनालले सँगै अवकास पाउँदैछन् । दुवैले सँगै अवकास पाउने भएपछि कामुको जिम्मेवारी कसलाई दिने भन्ने समस्या भएको हो ।

त्यसो त, अवकास हुनु एक महिनाअघि आईजीपी बिदामा बस्ने नेपाल प्रहरीको प्रचलनमात्रै हो। प्रहरी नियमावलीमा यस्तो व्यवस्था छैन । एक महिनाअघि बिदा बस्ने कुरा ऐच्छिक भएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

आईजीपी खनालले अबको ठीक एक महिनापछि माघ २९ गते अवकास पाउँदैछन् । उनीसँगै ३ एआईजी र १८ डीआईजीले पनि अवकास पाउन लागेका छन् । उनीहरु सबै ०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरेर उनीहरुले अवकास पाउन लागेका हुन्। यसरी सेवाबाट अवकास पाउनेमा आईजीपी खनालसँगै पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत रहेका छन्।

corrent noodles
Metro Mart

यस्तै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् ।

यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन्। यी मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाईसकेका छन् ।

आईजीपी खनालको कार्यकाल सकिन लागेपछि डीआईजीहरु ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्यप्रसाद उपाध्याय आईजीपीको दौडधुपमा लागेका छन् । तीनैजनाले ०४७ असार २५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा प्रवेश गरेका थिए।

सत्तारुढ दल नेकपाका नेताहरुसँग राम्रो सम्बन्ध भएका कारण आईजीपीमा ठाकुर ज्ञवालीको सम्भावना बढी रहेको स्रोत बताउँछ । अन्य दुई डीआईजी पनि माहोल मिलाउन लागिपरेका छन् । खनालपछि नेतृत्वमा आउने आईजीपीको कार्यकाल पाँच महिनामात्रै हुनेछ, किनकी प्रतिस्पर्धामा रहेका तीनैजनाले आगामी असार ३० गते अनिवार्य अवकास पाउनेछन्।

गृह मन्त्रालयले वरीयता र कार्यक्षमताका आधारमा आईजीपी नियुक्त गर्छ । यद्यपि, राजनीतिक प्रभावले यसमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ। यसअघि जयबहादुर चन्द, नवराज सिलवाल र प्रकाश अर्यालबीचको प्रतिस्पर्धामा अर्याल आईजीपी हुँदा ठूलै राजनीति भएको थियो।

डीआईजीत्रय ज्ञवाली, उपाध्याय र लम्सालमध्ये एकजना आईजीपी बन्नेछन्। बाँकी दुईसहित प्रवक्ता शैलेश थापा क्षेत्री, सीआईबी प्रमुख निरजबहादुर शाही, विशेष ब्यूरो प्रमुख हरिबहादुर पाल, प्रदेश नम्बर २ प्रमुख प्रद्युम्न कार्की र महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेलबीच एआईजी बढुवाका लागि प्रतिस्पर्धा हुनेछ।

पोखरेल असारपछि आईजीपी बन्ने चर्चा पनि छ। उनी आफ्नो ब्याचबाट एक्लै डीआईजीमा बढुवा भएका हुन्।

प्रकाशित: Jan 14, 2020| 12:20 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।