काठमाडौं- अज्ञात समुहले काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी गरेको हो ।
सोमबार राति भएको आगजनीबाट टावरमा क्षति पुगेको छ भने वरपरको क्षेत्रमा सेवासमेत अवरुद्ध भएको छ ।
आगजनी गर्ने समुहको पहिचान हुन नसके पनि प्रहरीले नेत्रविक्रम चन्द विप्लव समुहमाथि आशंका गरेको छ । विप्लव समुहले एनसेलमाथि निरन्तर आक्रमण गर्दै आएको छ।
राज्यलाई कर नतिरेको भन्दै अहिलेसम्म उसले दर्जनौ स्थानमा रहेका एनसेल टावरमा आगजनी गरिसकेको छ ।
यसैविच दुरसञ्चार प्राधिकरणले टेलिकमका टावरहरुमा आक्रमण नगर्न आग्रह गरेको छ । उसले यस्तो निन्दनीय कार्य तत्काल रोक्न भनेको छ ।