शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : न्याय माग्नेमाथि प्रहरीद्वारा बल प्रयोग

निर्मला हत्या प्रकरण : न्याय माग्नेमाथि प्रहरीद्वारा बल प्रयोग

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको आन्दोलनमा घाइतेहरुको उपचार खर्च माग गर्दै धर्ना बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि प्रहरीले धरपकड गरेको छ।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको आन्दोलनमा घाइतेहरुको उपचार खर्च माग गर्दै धर्ना बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि प्रहरीले धरपकड गरेको छ।

triton college

जिल्ला अदालत कञ्चनपुरको प्रवेशद्वारमा धर्नामा बसेका अधिकारकर्मी र न्यायिक आन्दोलनका घाइतेहरुमाथि प्रहरीले बल प्रयोग गर्दा महिला अधिकारकर्मी शारदा चन्द घाइते भएकी छिन्। घाइते चन्दको टाउको र पेटमा चोट लागेको छ। उनको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ।

धर्ना सकिन १५ मिनेट अगाडि निर्मलाको न्यायिक आन्दोलनलाई तुहाउनका लागि प्रहरीले बल प्रयोग गरेको महिला अधिकारकर्मी लक्ष्मी मल्लले बताइन्। महिला प्रहरीको प्रयोग नगरी अभद्र शैलीमा पुरुष प्रहरी प्रयोग गर्दै आफूहरुमाथि बल प्रयोग भएको उनले आरोप लगाइन्।

घाइते र अधिकारकर्मीको तीन घण्टा जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वार धर्ना सकेर एक घण्टा अदालतको प्रवेशद्वारमा धर्ना बस्ने कार्यक्रम थियो। उनीहरु दुई साता अघिदेखि जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्ना बस्दै आएका थिए।

यता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्दले भने धर्नामा कुनै धरपकड नभएको दाबी गरे। उनले अधिकारकर्मी घाइते भएको बारे पनि अनविज्ञता प्रकट गरे।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 13, 2020| 18:12 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।