शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विदेश पठाइदिने भन्दै ठगी गर्ने शिवानन्द स्वामी पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गर्ने शिवानन्द स्वामी पक्राउ

विदेश पठाइदिन्छु भन्दै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सितापाइलाबाट सोमबार पक्राउ गरेको हो।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं – विदेश पठाइदिन्छु भन्दै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई सितापाइलाबाट सोमबार पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भण्डारीले चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेको उजुरी परेको छ। विदेश पठाइदिन्छु भनेर चार जनाबाट ४० लाख जति ठगी गरेको खुलेको थापाले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानबाट भण्डारीले अरुलाई पनि ठगी गरेको हुन सक्ने देखिन्छ’ थापाले भने, ‘पक्राउ परेपछि पीडितको संख्या बढ्छ।’
भण्डारीको चेक रिपब्लिक देशमा पठाउनलाई कुनै सम्बन्ध नदेखिएको थापाले बताए। भण्डारी आफू तन्त्रविद्याको विज्ञ भएको बताउँदै आएका छन्।

प्रकाशित: Jan 13, 2020| 17:29 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।