धनगढी - माघेसंक्रान्तीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा सो दिन विदा दिने निर्णय गरिएको जानकारी दिएको हो।