बिहीबार, वैशाख १३, २०८१

माछापुच्छ्रे बैंकको किसान कार्ड

 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

triton college

बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको उक्त किसान कार्ड अन्तर्गत किसानहरुले रु.४ लाख सम्मको कृषि कर्जा किसान कार्डमार्फत् प्राप्त गर्नेछन् ।

पहिलो चरणमा हेफर ईन्टरनेशनल नेपालसग आबद्घ बाँके जिल्लाको खजुरा गा.पा.मा अवस्थित साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरि सेवाको सुरुवात गरिएको छ । सो कृषि कर्जाको आवेदन तथा स्विकृति प्रकिृया बैंकले के्रडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्ड मार्पmत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्नो कार्डमा उपलब्ध सिमा भित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।

बैंकले देशका विभिन्न ग्रामिण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरि आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सृजनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Jan 12, 2020| 15:14 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्