बिहीबार, वैशाख १३, २०८१

बुटवलका सडकमा जब उपप्रधानमन्त्री पोखरेल दौडिए

खैरो रंगको ज्याकेट र निलो रंगको क्याप लगाएर सेनाका पृतनापति सिताराम खड्कासंगै बुटवलका सडकमा दौडिइरहेका देखिए उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल।
 |  शनिबार, पुस २६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस २६, २०७६

भैरहवा- शनिबार बिहान कुहिरो र शितलहरले बुटवल बजारलाई छोप्दै थियो।

triton college

विदाको दिन र चिसोको कारण सवारी साधनहरु पनि पातलोगरी चलिरहेका थिए भने पैदलयात्री पनि कमै देखिन्थे।

यहीबीचमा खैरो रंगको ज्याकेट र निलो रंगको क्याप लगाएर सेनाका पृतनापति सिताराम खड्कासंगै बुटवलका सडकमा दौडिइरहेका देखिए उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल।

यही भिडमा देखिए प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल। उनीसँग अन्य मन्त्री र प्रदेशसभा सदस्यहरु पनि। संघीय सरकारका रक्षामन्त्रीसहितको यो टोलीले केहीबेरमै ५ किलोमिटरको दूरी पार गर्‍यो।

यो कार्यक्रम थियो पुस २७ आईतबार परेको राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बुटवलमा आयोजित ‘भिक्टोर म्याराथन युनिटी’।

corrent noodles
Metro Mart

नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वार्टरले आयोजना गरेको म्याराथन प्रतियोगिता शनिबार बिहान ८ बजे बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जितगढी किल्लामा पुगेर समापन भएको थियो।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहित सर्वसाधारण नागरिकहरुले समेत भाग लिएका थिए।

भिक्टर म्याराथन युनिटी रन ५, १०, २१ र ४२ किलोमिटरमा आयोजना गारिएको थियो।

वि.सं. १८७२ जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा तत्कालीन नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजीर सिंहको सम्मान तथा नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले नेपाली सेनाले म्याराथन कार्यक्रम राखेको पृतनापति सिताराम खड्काले बताए।

म्याराथनमा भाग लिएपछि उपप्रधान एवम् रक्षा मन्त्री पोखरलले राष्ट्रिय अखण्डता र सार्बभौकिताको रक्षाको विषयमा सरकार सधै संबेदनशील रहेको बताए।

हरि रिमालले जिते प्रथम पुरस्कार

म्याराथनमा ४२ किलोमिटर अन्तर्गत पुरुषतर्फ हरिकुमार रिमालले २ घण्टा ३१ मिनेटमा दूरी पार गरी प्रथम स्थान हासिल गरेका थिए भने राजन रोकायाले २ घण्टा ३२ मिनेटमा दूरी पार गर्दै दोस्रो र कल्याण बानियाले २ घण्टा ३५ मिनटमा दूरी पार गरी तेस्रो स्थान हासिल गरे।

महिलातर्फ कान्छीमाया कोजु २ घण्टा ५६ मिनेटमा पार गरी प्रथम बनिन्।

रमिता बासी ३ घण्टा १२ मिनटमा पुरा गरी दोस्रो र कृष्णेश्वरी सिम्ता ३ घण्टा ३२ मिनेटमा दूरी पार गरी तेस्रो बनिन्। २१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतीय बने।

महिलातर्फ विश्वरुपा बुढा प्रथम, पूर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा विष्ट तृतीय बनिन्।

१० किलोमिटरमा पुरुषतर्फ शिव रायमाझी प्रथम, विकास राई द्धितीय र गणेश सिंह ठकुरी तेस्रो भए भने महिलातर्फ सानुमाया कार्की प्रथम, सिता श्रीस द्धितीय र सिता चौधरी तृतीय भए।

प्रकाशित: Jan 11, 2020| 17:45 शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।