शुक्रबार, वैशाख १४, २०८१

ओमप्रकाशको मृत्युपछि गाउँ नै शोकमा

राति १० बजेसम्म घरमै रहेका धनुषाका ओमप्रकाश महतो शुक्रबार बिहान खोला किनारमा मृतअवस्थामा फेला परेपछि दाइ उपेन्द्रको आँखाको आँशु थामिएको छैन।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

जनकपुरधाम– राति १० बजेसम्म घरमै रहेका धनुषाका ओमप्रकाश महतो शुक्रबार बिहान खोला किनारमा मृतअवस्थामा फेला परेपछि दाइ उपेन्द्रको आँखाको आँशु थामिएको छैन।

triton college

भारतको मध्य प्रदेशस्थित भोपालमा इन्जिनिरिङ पढिरहेका २४ वर्षीय दीलिप भनिने ओमप्रकाश केही दिनको विदामा घर आएका बेला शुक्रबार बिहान मृतअवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार उनलाई टिप्परले किचेको थियो। तर, परिवार भने यसलाई दुर्घटना मान्न तयार छैन।

धनुषाको मिथिलानगरपालिका–५ श्रीपुरस्थित घरबाट करिब ५०० मिटरको दुरीमा उनको शव गाडीले किचेको अवस्थामा फेला परेका थियो।

ओमप्रकाश दश दिनअघि मात्रै घर आएका थिए। पढाई सकिन ६ महिना बाँकी थियो । उनको मृत्युपछि अहिले गाउँनै शोकमग्न भएको छ ।

छोराको मत्युपछि ओमप्रकाशका बाबु–आमा बेहोस जस्तै अवस्थामा छन्। भेट्न आउनेसँग ओमप्रकाशका काकाका छोरा उपेन्द्रले कुरा गर्छन्।

corrent noodles
Metro Mart

उपेन्द्र भन्छन्, “सानैदेखि ऊ पढाइमा अब्बल थियो, गलत काम कहिल्यै गरेन, अरु कसैले गलत गरेको देखे पनि विरोध गरिहाल्थ्यो। यही बानीले उसको ज्यान गयो।”

उपेन्द्रका अनुसार घर आएको भोलिपल्टै ओमप्रकाश खोलातर्फ गएका थिए। खोलाबाट जथाभावी बालुवा गिट्टी निकालिरहेका गाडी देखेपछि उनी कराइहाले। ठेकेदारसँग पनि बाझाबाझ जस्तै भयो।

उपेन्द्र भन्छन्, “यसपटकमात्र होइन यसअघिसमेत ऊ गाउँ आएका बेला सबैको हालखबर लिन्थ्यो, सामाजिक काममा सधैँ अघि सथ्र्यो।”

प्रहरीले दुर्घटना भएको बताइरहे पनि परिवारले पत्याउन सकेको छैन। खोलामा भइरहेको अवैध उत्खनन्को विरोध गरेपछि ओमप्रकाशको हत्या भएको उनीहरुको दाबी छ।

ओमप्रकाश हत्या भएको भन्दै त्यसको विरोधमा स्थानीयले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो । परिवारका सदस्यले शुक्रबार साँझमात्र शव बुझेका छन् ।

यता ठक्कर दिएको भनिएको ना ७ ख ६४३१ नम्बरको टिप्पर चालक मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: Jan 10, 2020| 19:56 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।