शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिममा चिकित्सक अभाव

सुदूरपश्चिममा चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै बढेको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा समस्या भएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

धनगढी - सुदूरपश्चिममा चिकित्सक अभावका कारण समस्या हुन थालेको छ। हिमपातसँगै बढेको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा समस्या भएको छ। स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले संघ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव भएको हो।

triton college

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा कूल १०४ जना चिकित्सकको अभाव रहेको छ। चिकित्सक अभावका कारण यहाँका अस्पतालमा भर्ना भएका बिरामीले सहजरुपमा उपचार पाउन सकेका छैनन्। डोटी जिल्ला अस्पतालमा लामो समयदेखि प्रमुखको पद रिक्त रहेको छ।

जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट तथा तीन जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मेडिकल अधिकृत मात्रै कार्यरत रहेका छन्। नवौं र दशौं तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ। पच्चीस शय्याको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेब, एक स्टाफ नर्स तथा दुई वटा एएनएमको दरबन्दी रिक्त रहेको छ।

त्यसैगरी बोगटान फुडसील गाउँपालिकास्थित केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा करिब डेढ वर्षदेखि चिकित्सक नै छैनन्। एक जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि स्वास्थ्य सहायकले सेवा दिइरहेका स्थानीय हेम बलमेले बताए। उता जिल्लाकै जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि मेडिकल अधिकृतको दरबन्दी भए पनि लामो समयदेखि मेडिकल अधिकृत नहुँदा स्वास्थ्य सहायकले नै बिरामीलाई सेवा दिइरहेका छन्।

सुदूरपश्चिको एकमात्र उपक्षेत्रीय अस्पताल डडेलधुरा अस्पताल संघ सरकार मातहतमा छ भने अरु दुई ठूला अञ्चल अस्पताल सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र र इलाका स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन्।

corrent noodles
Metro Mart

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत सेती प्राविधिक अस्पताल (साविकको सेती अञ्चल अस्पताल) कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर तथा पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका जिल्ला अस्पताल, कैलालीको टीकापुर अस्पताल रहेका छन्। डडेलधुरा अस्पतालमा १९ जना चिकित्सकको दरबन्दी रिक्त छ भने स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै दरबन्दी रिक्त रहेको छ।

डडेलधुरा अस्पतालमा नेपाल सरकारले १०९ जनाको दरबन्दी रहने गरी स्वीकृती दिएको छ। स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ। पछिल्लो समय यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढे पनि चिकित्सक नहुँदा सबैले सेवा पाउन नसकेका दिपायलका स्थानीयवासी दिव्यराज पाठकले बताए।

त्यस्तै अछामको जिल्ला अस्पतालमा पनि दुई जना चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई जना करारका चिकित्सकले सेवा दिइरहेका छन्। चौरपाटी गाउँपालिकाको चौरमाडौं प्राथमिक स्वास्थ केन्द्र र कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकको दरबन्दी रहे पनि अहिले रिक्त रहेको बताइएको छ। रासस

प्रकाशित: Jan 10, 2020| 16:31 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।