शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सवारी चालकलाई ट्राफिक पत्र, ‘तपाईंका कमजोरी एक हप्तामा सुधार गर्नुहोला’

सवारी चालकलाई ट्राफिक पत्र, ‘तपाईंका कमजोरी एक हप्तामा सुधार गर्नुहोला’

पत्यकामा चल्ने सार्वजनिक सवारी साधनलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले चालेको अभियान अन्र्तगत चालकलाई प्रतिवद्धता पत्र बाँड्न थालिएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं– उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले चालेको अभियान अन्तर्गत चालकलाई प्रतिवद्धता पत्र बाँड्न थालिएको छ।

triton college

हालै गठन गरिएको सर्वपक्षीय अगुनमन समितिले शुक्रबार सवारी साधनमा छड्के अनुगमन गर्दै सवारी साधन र चालकमा देखिएका समस्या समाधानका लागि चालकलाई प्रतिवद्धता पत्र बाँडेको हो।

अनुगमनका क्रममा अधिकांश सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोकेको, ढोका खुल्ला गरेर गाडी चलाएको, सवारी साधन सरसफाइ नगरेकोे, यात्रुसँग राम्रो व्यवहार नगरेको, तीव्र गतिमा सवारी साधन चलाएको, चालकले सवारी चलाउँदै मोवाइलमा कुरा गरेको पाइएको थियो।

त्यसपछि सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने बारेमा गत पुस २० गते यातायात व्यवसायी, मजदुरका प्रतिनिधि र प्रहरीका बीचमा १९ बुँदे सहमति भएको थियो ।

उक्त प्रतिबद्वता कार्यान्वयन भए नभएको बारे अनुगमन गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए।

corrent noodles
Metro Mart

ढकालकाअनुसार अनुगमन समितिका पदाधिकारी सवारी साधन भित्र छिर्छन्। “सुरुमा १९ बँुदे प्रतिवद्धता पत्र पढेर यात्रुलाई सुनाईन्छ र त्यो कार्यान्वयन भए नभएको हेरिन्छ,” ढकालले भने, “त्यसपछि कार्यान्वयन गर्न बाँकी बुँदामा टिक लगाएर चालकलाई संबोधन गर्दै पत्र बुझाइन्छ।”

त्यसपछि चालकले ती बुँदामा सुधार गरेर एक हप्ताभित्र ट्राफिक प्रहरीलाई जानकारी दिनुपर्ने हुन्छ।

अहिले १५ सदस्यीय अनुगमन समितिले उपत्यका बिभिन्न स्थानमा छड्के जाँच गरिरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 10, 2020| 15:47 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।