मंगलबार, वैशाख ११, २०८१

प्रदेश ३ को नाम र राजधानीमा जुट्यो सहमति

प्रदेश ३ को स्थायी राजधानी र नामका विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुटेको छ। नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नेकपा सचिवालयको निर्देशन बमोजिम शुक्रबार नाम र राजधानीमा सहमति जुटाएको हो।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं - प्रदेश ३ को स्थायी राजधानी र नामका विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुटेको छ। नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नेकपा सचिवालयको निर्देशन बमोजिम शुक्रबार नाम र राजधानीमा सहमति जुटाएको हो।

triton college

सहमतिअनुसार नेकपाले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ। नेकपा प्रदेश ३ का केही सांसदको विरोधका बाबजुद स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने सहमति जुटेको छ। असन्तुष्ट सांसदहरुले यस विषयमा 'नोट अफ डिसेन्ट' लेख्ने तर पार्टी निर्णय स्वीकार्नेमा सहमति जनाएका छन्।

पार्टीले मतदानमा सहभागी हुन र प्रस्तावको पक्षमा मतदान गर्नसमेत आग्रह गरेको छ। मुख्यमन्त्री डोरमणी पौडेलले लामो समय चलेको बैठक निचोडमा पुगेको जानकारी दिए। उनले अब पार्टीका तर्फबाट एकमात्र प्रस्ताव दर्ता हुने र त्यसैमा मतदान हुने बताए। सबै सांसदले लिखित रुपमा सहमति जनाएकाले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको र ह्विप जारी गर्न आवश्यक पनि नरहेको पौडेलले दाबी गरे।

नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा बनाउने र नाम बागमती राख्ने निर्णय गरेपछि पार्टीका प्रदेश सांसदहरु विभाजित भएका थिए। पार्टी केन्द्रले निर्णय गरिसकेकाले प्रदेश सांसदले विरोध गरे पनि त्यसको अर्थ नरहने र केन्द्रकै निर्णयअनुसार प्रक्रिया अघि बढ्ने यसअघि नै विरोधमा रहेका सांसदहरुले बताइसकेका थिए। हेटौडालाई राजधानी बनाउँदा १३ मध्ये ११ जिल्लालाई पायक नपर्ने उनीहरुको धारणा थियो।

यसअघि काभ्रेलाई प्रदेशको राजधानी बनाउन माग गर्दै प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्सालले ०७४ वैशाख १४ मा प्रस्ताव दर्ता गरेका थिए। तर यसबारे प्रदेश सभामा छलफल नै भएन। खासगरी सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर र नुवाकोटका प्रदेशसभा सदस्यले केन्द्रको निर्णयको विरोध गर्दै हेटौंडालाई प्रदेशको राजधानी बनाउन नहुने मत राखेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 10, 2020| 14:13 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।