काठमाडौं– भारतको सर्वोच्च अदालतले जम्मू कश्मीरमा भारत सरकारले लगाएका विभिन्न प्रतिबन्धको समीक्षा गर्न आदेश दिएको छ। एक साताभित्र सरकारले दिएका सबै आदेशको समीक्षा गर्न सर्वोच्चले भनेको छ ।
अनिश्चितकालका लागि इन्टरनेटमाथि प्रतिबन्ध लगाउनु टेलिकम नियमको उल्लंघन भएको ठहर पनि अदालतले गरेको छ ।
गएको अगस्टमा केन्द्र सरकारले जम्मू कश्मीर राज्यलाई दिएको विशेष दर्जा खारेज गर्दै त्यहाँ आम सञ्चारमाध्यम, टेलिफोन, इन्टरनेट लगायत धेरै कुरामा प्रतिबन्ध लगाएको छ।
बीबीसी