बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • समाजवादीले उपमेयरसहित ६ वडाध्यक्षलाई सोध्यो स्पष्टीकरण

समाजवादीले उपमेयरसहित ६ वडाध्यक्षलाई सोध्यो स्पष्टीकरण

समाजवादी पार्टी, नेपालले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

रूपन्देही– समाजवादी पार्टी, नेपालले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ।

triton college

पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीको सम्पर्कमा नरहेको र पार्टी हितविपरीत काम गर्न थालेको भन्दै समाजवादीले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तव, वडा नम्बर ३ का वडाध्यक्ष एकरामुद्दिन नाउ, वडा नम्बर ६ का वडाध्यक्ष नैमुल्लाह मुसलमान, वडा नम्बर ११ का वडाध्यक्ष एकराम मुसलमान र नगर कार्यपालिका सदस्य अलरखा मुसलमानलाई स्पष्टीकरण सोधेको हो।

यस्तै, कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओमप्रसाद पाण्डे, मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नारायणबहादुर यादव, गैडहवा गाउंपालिका वडा नम्बर २ का वडाध्यक्ष तुलबहादुर राना र जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटु हरिजनलाई पनि स्पष्टीकरण सोधेको पार्टीले जनाएको छ।

पार्टीका अनुसार जिल्ला कमिटी पदाधिकारीको बैठकको निर्णय अनुसार ती जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको हो। उनीहरूलाई पुस २८ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ।

उनीहरूबाट चित्तबुझ्दो जवाफसहित पार्टीमा सक्रिय रहने प्रतिबद्धता नआए पार्टीबाट निष्कासन गरिने जिल्ला कमिटी अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 10, 2020| 11:09 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।