शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सांसद भन्छन्– ११ जिल्लालाई हेटौंडा अपायक, केन्द्रको निर्देशनअनुसार गर्नूः ओली

नेकपा सांसद भन्छन्– ११ जिल्लालाई हेटौंडा अपायक, केन्द्रको निर्देशनअनुसार गर्नूः ओली

लामो माथापच्चीपछि प्रदेश नम्बर ३ को नाम र स्थायी राजधानीको आज (शुक्रबार) टुंगो लाग्दैछ। के
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

काठमाडौं। लामो माथापच्चीपछि प्रदेश नम्बर ३ को नाम र स्थायी राजधानीको आज (शुक्रबार) टुंगो लाग्दैछ। केही दिनदेखि जारी सत्तारुढ दल नेकपाको ३ नम्बर प्रदेश संसदीय दलको बैठकमा सहमति जुटेको खण्डमा उक्त प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा निश्चित हुनेछ।

triton college

बैठकमा ७० जनाभन्दा बढी सांसदले बोलिसकेका छन् तर सहमति जुट्न सकेको छैन। केन्द्रबाट आएको निर्णय कार्यान्वयन गर्न प्रदेश तयार नभएपछि नेकपाका सांसदलाई ह्विप लाग्ने देखिएको छ।

सहमति जुटाउन हिजो (बिहीबार) बसेको बैठकमा कतिपय सांसदले केन्द्रको निर्देशनलाई गलत भन्दै प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभा स्वतन्त्र हुनुपर्ने धारणा राखे। नेकपा प्रदेश ३ की इन्चार्जसमेत रहेकी सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेलगायतले केन्द्रको निर्णय लागू गर्न नसकिने अडान राखेका थिए।

नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा बनाउने र नाम बागमती राख्ने निर्णय गरेपछि पार्टीका प्रदेश सांसदहरु विभाजित भएका हुन्। सचिवालयको निर्णयमा सहमति नजुटेपछि प्रदेश ३ संसदीय दलको बैठक ३ पटक बसिसकेको छ। आज बिहान ११ बजे पनि बैठक बस्दैछ। आजको बैठकले सहमति जुटाउने अपेक्षा गरिएको छ।

३ नम्बर प्रदेश सभामा नेकपाका ८० जना सांसद छन्। संसदीय दलको बैठकमा ७० जनाले बोलिसकेको र आज सबैले धारणा राखिसकेपछि निर्णय हुने बताइएको छ। पार्टी केन्द्रले निर्णय गरिसकेकाले प्रदेश सांसदले विरोध गरे पनि त्यसको अर्थ नरहने र केन्द्रकै निर्णयअनुसार प्रक्रिया अघि बढ्ने एक सांसदले बताए।

corrent noodles
Metro Mart

बैठकमा बोल्ने अधिकांश सांसदले नामका विषयमा बिमति नरहे पनि प्राजधानीबारे फरक धारणा राखेका थिए। हेटौंंडालाई राजधानी बनाउँदा १३ मध्ये ११ जिल्लालाई पायक नपर्ने उनीहरुको धारणा थियो।

यसअघि काभ्रेलाई प्रदेशको राजधानी बनाउन माग गर्दै प्रदेशसभा सदस्यत्रय वसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्सालले ०७४ वैशाख १४ मा प्रस्ताव दर्ता गरेका थिए। तर यसबारे प्रदेश सभामा छलफल नै भएन।

खासगरी सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर र नुवाकोटका प्रदेशसभा सदस्यले केन्द्रको निर्णयको विरोध गर्दै हेटौंडालाई प्रदेशको राजधानी बनाउन नहुने मत राखेका छन्।

पार्टीको प्रदेश कमिटी अध्यक्ष अष्टलक्ष्मी शाक्य, बैठकमा उठेका कुराहरूका बारेमा केही नेताले काठमाडौं आएर पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराएका छन्।

स्रोतका अनुुसार पार्टीले निर्णय गरिसकेकाले मानेर जानुको विकल्प नरहेको र नमाने ह्विप लाग्ने ओलीले स्पष्ट पारेका थिए। अध्यक्षको निर्देशनअनुसार नै प्रदेश संसदीय दलले निर्णय गर्ने एक सांसदले बताए।

बुधबारदेखि यस विषयले प्रदेश सभामा प्रवेश पाएको छ। अहिले संसदमा प्रदेशको राजधानी र नामाकरणका विषयमा अध्ययन गर्न गठित सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ। सांसद दीपक निरौलाको संयोजकत्वमा गठित समितिले काभ्रे, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुरलाई राजधानी बनाउन सम्भाव्य जिल्लाका रूपमा राखेको थियो ।

आइतबार बस्ने प्रदेशसभाको बैठकले मतदानको मिति तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: Jan 10, 2020| 10:10 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।