काठमाडौं– बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा पुगेको छ।
बिहीबार राति सम्पन्न सेमिफाइनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो।
खेल सकिन ४ मिनेट बाँकी रहँदा एन्जिल कोरियाले गोल गरेपछि एट्लेटिकोले बार्सिलोनामाथि जित निकाल्न सफल भयो। त्यसअघि एट्लेटिकोका लागि खेलको ४६ औं मिनेटमा कोकी क्लिनिक र ८१ औं मिनेटमा अल्भरो मोराटाले गोल गरे।
बार्सिलोनाका तर्फबाट भने खेलको ५१ औं मिनेटमा लियोनल मेस्सी र ६२ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए।
एट्लेटिकोले अब उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। रियलले भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाइनल पुगिसकेको छ।