शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ३ का सांसदको विवशता : राजनीति छोड्ने की राजधानी ?

प्रदेश ३ का सांसदको विवशता : राजनीति छोड्ने की राजधानी ?

प्रदेशसभा गठन भएको करिब २ वर्षपछि प्रदेश नं. ३ प्रदेशसभाले शुक्रबार नाम र राजधानी टुंगो लगाउँदैछ।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

काठमाडौं- प्रदेशसभा गठन भएको करिब २ वर्षपछि प्रदेश नं. ३ प्रदेशसभाले शुक्रबार नाम र राजधानी टुंगो लगाउँदैछ।

triton college

लामो समयको पखाईपछि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदा प्रदेशसभाका सांसदहरुको स्वविवेकी अधिकार भने खोसिएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बहुमत रहेको प्रदेशसभामा शुक्रबार नाम र राजधानीका विषयमा मतदान गर्दैगर्दा बहुमत सदस्य नेकपा सांसदहरु हात कमाउँदै आफूहरुले नचाएको विकल्पमा मतदान गर्न बाध्य हुनेछन्।

केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले प्रदेशको राजधानी हाल अस्थायी राजधानी रहेको मकवानपुर जिल्लाको हेटौडा र प्रदेशको नाम वाग्मती राख्न प्रदेश ३ नेतृत्वलाई निर्देशन दिएको थियो।

सचिवालयले दिएको निर्देशनविरुद्ध नेकपाका सांसदहरुले केही दिनदेखि विरोध जनाइरहेका छन्।

corrent noodles
Metro Mart

नेकपा ३ नम्बर प्रदेशको संसदीय दलको बैठकमा उनीहरुले राजधानी हेटौडामा पायक नपर्ने विषयमा खुलेरै आफ्नो कुरा राखे पनि प्रदेशसभा बैठकमा भने यही मत व्यक्त गर्न नसक्ने अवस्थामा पुगेका छन्।

नेकपा संसदीय दलले सांसदहरुले सरकारी प्रस्तावको विपक्षमा मतदान गर्नसक्ने आशंकामा ह्वीप जारी गरेको छ।

ह्वीपसँगै आफ्नो विवेक प्रयोग गरी पायक पर्ने ठाउँमा राजधानी राख्ने प्रस्तावका पक्षमा वा पायक नपर्ने ठाउँमा राजधानी तोक्ने प्रस्तावको विपक्षमा सांसदहरुले मत हाल्न नपाउने निश्चित भएको छ।

प्रदेशसभाका अधिकांश सांसद अब कि अपायक पर्ने ठाउँमै राजधानी राख्ने प्रस्तावमा ‘हुन्छ’ भन्ने वा आफ्नो राजनीतिक भविस्यलाई दाउमा राखेर ‘हुन्न’ भन्नुपर्ने बाध्यतामा पुगेका छन्।

भौगोलिक रुपमा अपायक पर्ने ठाने पनि आफ्नो राजनीतिक भविस्य ‘बर्बाद’ हुन नदिन नेकपाका कतिपय सांसदहरु केन्द्रको आदेशलाई शिरोपर गर्नेमात्र होइन शिरोपर ‘गर्नुपर्छ’ भनेर लबिङमै जुटिसकेका छन्।

कतिपय सांसदहरु भने प्रदेशसभा आफूहरुको सार्वभौम क्षेत्र रहेकाले त्यहाँ चित्त नबुझेको कुरालाई अस्वीकृत गर्ने अधिकार आफूहरुमा रहेको बताउने गरेका छन्।

यद्यपि यसरी ‘रिक्स’ लिन सक्ने सांसदको संख्या न्युन हुने देखिएपछि नेकपाका सबै सांसद चित्त नबुझे पनि प्रदेशको राजधानी र नामका विषयमा ‘माथिको आदेश’ स्वीकार्ने मनस्थितिमा पुगिसकेका छन्।

चितवन र मकवानपुर बाहेक अन्य सबै जिल्लाका सांसदहरु राजधानी हेटौडा हुन नहुने पक्षमा छन्। भक्तपुर र काभ्रेका सांसद हेटौडा नभई काभ्रेमा राजधानी हुनुपर्ने पक्षमा छन्।

त्यस्तै नामका हिसाबले पनि नेवार जनजाति सांसदहरुले वाग्मती नभई नेवाः ताम्सालिङ नाम राख्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्।

शुक्रबार केन्द्रको आदेश बमोजिम सरकारले प्रस्ताव गर्ने नाम र राजधानीको प्रस्तावमा बिहान ११ बजे मतदान हुँदैछ।

प्रकाशित: Jan 09, 2020| 18:06 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।