बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • देउवालाई विधानअनुसार चल्न जिल्ला सभापतिहरुकोे सुझाव (पाँच बुँदे सुझावसहित)

देउवालाई विधानअनुसार चल्न जिल्ला सभापतिहरुकोे सुझाव (पाँच बुँदे सुझावसहित)

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई पाँच बुँदे सुझाव दिएका छन्।
 |  बिहीबार, पुस २४, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०७६

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई पाँच बुँदे सुझाव दिएका छन्।

triton college

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइरालाले पक्षले आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएको थियो।

उक्त तीन दिने भेलाका सहभागी सभापतिहरुलाई देउवाले आज बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएका थिए। देउवा निवासमा चियापानका लागि पुगेका उनीहरुले पार्टी सभापति देउवालाई पार्टी विधान अनुसार चल्न र महाधिवेशनलाई प्रभावित पार्ने कुनै काम नगर्न सुझाव दिएको धादिङ कांग्रेसका सभापति रमेश धमलाले जानकारी दिए ।

जिल्ला सभापतिहरुले भेलाको 'परामर्ष–पत्र' समेत सभापति देउवालाई बुझाएका छन्।

उक्त पत्रमा महासमिति बैठकले गरेका निर्णयहरु केन्द्रीय समितिले क्षेत्राधिकार बाहिर गएर उल्ट्याएकाले सच्याउनु पर्ने माग गरिएको बर्दिया कांग्रेस सभापति सञ्जय गौतमले बताए।

corrent noodles
Metro Mart

त्यसैगरी महाधिवेशनमा सबैजना पार्टीको वडा तहबाट नै निर्वाचित भएर आउनु पर्ने र समानुपातिक÷आरक्षण कोटामा एक व्यक्तिले एकपटक मात्रै अवसर पाउनुपर्ने पनि उनीहरुको माग छ।

जिल्ला सभापतिहरुले पार्टीको पूर्ण बैठकले महाधिवेशनको कार्यतालिका तोक्नु पर्नेमा एक पक्षलाई बेवास्ता गर्दै बहुमत सदस्यबाट कार्यतालिका घोषणा गरिएकाले त्यो पनि सच्चाउन माग गरेका छन्।

महाधिवेशन मिति तोकिसकेको अवस्थामा पार्टीमा विभागको संख्या थप्ने र तीनमा नियुक्ति पनि आचारसंहित विपरित हुने उनीहरुको भनाई छ।

महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानविन विशेष समिति गठन गर्न पनि जिल्ला सभापतिहरुले माग गरेका छन्। उनीहरुले भागवण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा पार्टीभित्र जिम्मेवारी दिन पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन्।

जिल्ला सभापतिले दिएको परामर्शपत्र बुझेपछि देउवाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र त्यसका लागि आफू सबैलाई मिलाएर लैजान चाहेको बताएका थिए।

उक्त भेटघाटमा सभापति देउवासहित उपसभातिद्वय विमलेन्द्र निधि, विजय गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए।

प्रकाशित: Jan 09, 2020| 19:24 बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।