विहीबार, असार १८, २०७७

समाचार शिक्षा

त्रिविमा पठनपाठन र सबै परीक्षा स्थगित

1583927505tribhuwan_university_tu.jpg

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ। शुक्रबारदेखि लागू हुने गरी पठनपाठन र सबै परीक्षा स्थगन गरिएको रजिस्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले परीक्षा र पठनपाठन रोक्ने निर्णय गरेको हो।

२०७६ चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय भएको त्रिवि कार्यकारी परिषद्ले जनाएको छ।

यस्तै चैत ७ गतेदेखि सञ्चालन हुने सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

हिउँदे/वर्षे बिदा पाउने शिक्षक/कर्मचारी/विद्यार्थीलाई आगामी वर्षे बिदाबाट मिलान गर्ने गरी बिदा दिने निर्णय भएको त्रिवि प्रवक्ता सूर्यप्रसाद अधिकारीले बताए।

त्रिवि सेवा आयोगका अन्तर्वार्ता र परीक्षाका कार्यक्रम सम्बन्धमा भने आयोगले अर्को सूचना जारी गर्नेछ । पठनपाठन र परीक्षा स्थगन भए पनि प्रशासनिक काम नियमित सञ्चालन हुने त्रिविले जनाएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले बुधबार विद्यालय र विश्वविद्यालय तहमा पठनपाठन एवम् परीक्षा सञ्चालन हालका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

‘सोही निर्णयका आधारमा कार्यकारी परिषद्ले विश्वविद्यालयअन्तर्गतका सबै आंगिक एवम् सम्बन्धन प्राप्त कलेजमा पठनपाठन र परीक्षा स्थगित गरिएको हो’, दाहालले भने।

प्रतिक्रिया दिनुहोस्