काभ्रे- काभ्रेको पनौतीस्थित थुम्की डाँडाबाट डोजर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पनौती नगरपालिका वडा नं ११ स्थित थुम्की डाँडामा चलाइराखेको डोजर रोशी खोलामा खसेको थियो । आज (बिहीबार) बिहान ११ बजे तिर भएको दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।