सप्तरी– प्रहरीले विभिन्न मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव छन्।
सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
पक्राउ परेका मेहता शिक्षासम्बन्धी मुद्दामा र यादव कुटपिट मुद्दामा फरार रहेका थिए।
गाउँघरमा लुकीछिपी बसेको अवस्थामा दुबै जनालाई बुधबार पक्राउ गरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
रासस