बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ३३ किलो सुनकाण्डका अभियुक्त बाजेकाे सेकुवाका मालिक १० लाख धरौटीमा छुटे

३३ किलो सुनकाण्डका अभियुक्त बाजेकाे सेकुवाका मालिक १० लाख धरौटीमा छुटे

फरार सूचीमा रहेका ३३ किलो सुन काण्डका अभियुक्त बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी अदालतमा उपस्थित भएकै दिन धरौटीमा रिहा भएका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- फरार सूचीमा रहेका ३३ किलो सुन काण्डका अभियुक्त बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी अदालतमा उपस्थित भएकै दिन धरौटीमा रिहा भएका छन्।

triton college

सुन तस्करी प्रकरणमा छानबिन सुरू भएपछि फरार भण्डारी सोमबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकामा सोही दिन १० लाख धरौटीमा रिहा भएका हुन्।

सोमबार उनी अदालतको सम्पर्कमा आएको र सोही दिन बयान तथा थुनछेक बहसपछि धरौटी लिएर छाड्ने आदेश भएको अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए।

‘जिल्ला न्यायाधीश मेदनीप्रसाद पौडेलको इजालसले भण्डारीलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो’ ओझले भने, ‘अदालतको आदेशलगत्तै बैंक ग्यारेन्टी राखेर भण्डारी रिहा भए।’

ओझाकाअनुसार सोही मुद्दामा फरार अन्य दुई जना पनि गत हप्ता एक/एक लाख धरौटीमा छुटेका छन्।

corrent noodles
Metro Mart

जिल्ला अदालतले सो मुद्दामा फरारको सूचिमा रहेका भण्डारीसहित १८ जनाका नाममा उपस्थित हुन सूचना जारी गरेको थियो। सूचनापश्चात भण्डारीसहित तीन जना अदालतमा उपस्थित भएको ओझाले बताए। तीनै जना अदालतमा उपस्थित भएकै दिन धरौटी बुझाएर रिहा भएका हुन्।

यो मुद्दामा भण्डारीसहित फरार झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगर, धरान उपमहानगरपालिका–२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेको थियो।

हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र यसमा भण्डारीसहितको ठूलो समूह संलग्न रहेको आशंकामा सरकारले संगठित अपराध ऐनअनुसार सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो।

अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा पाँच वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो, जसमा प्रहरीको समेत मिलेमतो खुलेको थियो।

तस्करी र हत्या घटनामा मुख्य अभियुक्तलाई सघाएको खुलेपछि नौ प्रहरीलाई पक्राउ गरी मुद्दा पनि चलाइयो। तीन सयभन्दा बढी व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने सुझावसहित पौडेल नेतृत्वको अनुसन्धान टोलीले दिएको प्रतिवेदन त्यसै थन्किएको छ।

सुन तस्करी मुद्दामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेलसहित आठ न्यायाधीश न्यायपरिषदको छानबिनमा समेत परे।

जसमध्ये न्यायाधीश उमेशकुमार सिंह बर्खास्तीमा परे भने न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र उमेशराज पौड्याल अनुसन्धान जारी रहेकै बेला अवकाश पाएर जोगिएका थिए।

प्रकाशित: Jan 08, 2020| 11:39 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।