शुक्रबार, वैशाख ७, २०८१

'अहिलेको पत्रकारिता देख्दा राजीनामा दिने झोक चल्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अहिलेको पत्रकारिता देख्दा आफूलाई राजीनामा दिएर बस्ने झोक चल्ने गरेको बताएका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अहिलेको पत्रकारिता देख्दा आफूलाई राजीनामा दिएर बस्ने झोक चल्ने गरेको बताएका छन्।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले मिडियाका सामग्री हेर्दा आफूलाई मिडियासँग बोल्न नै मन पर्न छाडेको बताए। 'मिडियाको समाचार प्रस्तुति प्रवृत्ति देख्दा मलाई मन्त्रीबाटै राजीनामा दिएर बस्ने झोक चल्छ', उनले भने, ‘म पनि वर्षौंसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ।'

मन्त्री बास्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दाबी गरे। उनले प्रेस स्वतन्त्रतामाथि खतरा आए त्यसविरुद्ध आफू पनि लड्नेसमेत भन्न भ्याए। पत्रकारको हकभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुनेमा ढुक्क हुन उनले सञ्चारकर्मीलाई आग्रह गरे।

प्रकाशित: Jan 08, 2020| 08:46 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।