मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगञ्जका व्यापारीको

बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगञ्जका व्यापारीको

शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं- शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो। सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए।

triton college

बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगञ्ज पुर्‍याएका हुन्। बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए।

‘उक्त सुन नेपालगञ्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले न्युज कारखानासँग भने, ‘बिल पनि संकास्पद छ।’ व्यापारीको नाम भने उनले खुलाउन चाहेनन्। ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने,‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ।’ 

५ मिनेट पहिले मात्र पुगेको थियो सूचना 

श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगञ्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो। प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरेको बताए।

corrent noodles
Metro Mart

‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो।’ 

प्रहरीका अनुसार लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो। जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ। 

कसरी छिर्‍यो विमानस्थलबाट सुन?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै छिरेको चार किलो बढी सुन नेपालगञ्जमा समातिएपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ। अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुन काण्डले पनि प्रश्न उब्जाएको छ।

कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो होकी भन्ने पनि आशंका उब्जिएको छ। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले विमानस्थल भएर नेपालगञ्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताए।

‘विमानस्थलबाट नै कसरी सुन छिर्‍यो हामी अनुसन्धान गर्दैछौँ’, बास्तोलाले भने, ‘अनुसन्धान नगरेरै केही भन्न सकिदैन।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले विमानस्थलबाट सुन छिरेर नेपालगञ्ज भेटिएको घटनाबारे आफूले समाचार पढेर थाहा पाएको बताए। उनले त्यसबारे आफूले बुझ्ने प्रतिक्रिया दिए। -न्युज कारखाना

प्रकाशित: Sep 04, 2021| 11:23 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।