शनिबार, वैशाख ८, २०८१

जनकपुरमा मेयरकै अगाडि पत्रकारहरुमाथि हातपात

जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि हातपात भएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

जनकपुर - जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि हातपात भएको छ।

triton college

मेयर लाल किशोर साहकै अघि पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहितका पत्रकारहरुमाथि हातपात भएको हो।

कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुरलाई चोट लागेको छ। मेयरका सहयोगीहरुले पत्रकारमाथि हातपात गरेका थिए। ‘पत्रकारहरु मेयरको भनाई लिन उनको चेम्वरमा गएका थियौँ, अचानक आक्रमण भयो, मलाई पनि हेल्मेटले चोट लागेको छ’, कान्तिपुर टिभीका सम्वाददाता अमरकान्त ठाकुरले भने।

यसरी भयो घटनाः
कान्तिपुर दैनिकका सम्वाददाता अमरकान्त ठाकुर र एबीसी टेलिभिजनका पत्रकार सुमित मिश्र मेयरसँग भेट गर्न उनको च्याम्बर बाहिर कुरिरहेका थिए।  एक घण्टाभन्दा पनि बढी कुरिसक्दा पनि नबोलाइएपछि उनीहरु मेयरको च्याम्बरमा गए ।  उनीहरु त्यहाँ पुग्नासाथै मेयरले पत्रकारहरुले आतंक फैलाएको भन्दै झपार्न थाले। त्यसैबेला च्याम्बरमा रहेका मेयरका कार्यकर्ता र नगरप्रहरीले हातपात गरेको उनीहरुले बताए।।

मेयरको कोठामा होहल्ला भइरहेको सुनेपछि त्यसै समयमा नगरपालिकाको स्वास्थ्य शाखामा रहेका उज्यालो अनलाइनका पत्रकार सुवास कर्ण र देश सञ्चारका सम्वाददाता राजा झा पनि माथि उक्लिए । तर उनीहरुलाई पनि त्यहाँ रहेका युवाहरुले भर्‍याङनेर रहेको च्यानल गेट बन्द गरेर कुटपिट गरेको पत्रकार ठाकुरले बताए ।

corrent noodles
Metro Mart

घटना भएको थाहा पाएपछि हतारहतार नगरपालिका पुगेका पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई पनि त्यहाँ रहेका कार्यकर्ताहरुले नगरपालिकाको मेन गेट बन्द गरेर हातपात गरेको उनी बताउँछन्। यसक्रममा उनीहरुले पत्रकार सुमित मिश्रको क्यामरा र मोबाइल पनि खोसेका छन् ।

मेयर साहले भने पत्रकारहरु कार्यकक्षमा आएर माइक मुखमै टाँसेर प्रतिक्रिया लिन खोजेको र उनीहरुले आफैं हो–हल्ला गरेको आरोप लगाएका छन् । उनले आफ्ना समर्थक अथवा नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह मात्रै गरेको दावी गरेका छन्।

 

प्रकाशित: Jan 07, 2020| 10:12 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।