बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ५० आकांक्षीबाट दुईजना उम्मेदवार छान्‍दा राजपामा भाँडभैलो

५० आकांक्षीबाट दुईजना उम्मेदवार छान्‍दा राजपामा भाँडभैलो

लामो छलफलबाट उम्मेदवार छानेको राजपाभित्र निर्वाचन नहुँदै आन्तरिक विवाद चुलिएको छ । टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर विवाद चुलिएको हो ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

जनकपुरधाम– राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलले चार दर्जनभन्दा बढी आकांक्षीबाट दुईजना उम्मेदवार छनोट गर्‍यो। राजपाले राष्ट्रिय सभा निर्वाचनको संयोजन गर्ने जिम्मा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोलाई दिएको छ।

triton college

लामो छलफलबाट उम्मेदवार छानेको राजपाभित्र निर्वाचन नहुँदै आन्तरिक विवाद चुलिएको छ । टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर विवाद चुलिएको हो ।

अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर र महेन्द्रराय यादव पार्टीको निर्णयबाट असन्तुष्ट छन्। सोमबारको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय अनुपस्थित भए भने बैठकमा पुगेका अर्का सदस्य ठाकुर ‘तपाईंहरुलाई जे गर्नु छ गर्नुस्’ भन्दै केहीबेरमै बैठक छोडेर हिँडेका थिए ।

दुईजना सदस्यले बहिष्कार गरे पनि बैठकले राष्ट्रिय सभा निर्वाचनमा मत दिने आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेलगायत निर्णय गरेको छ । पुस २७ गते मतदाताहरुसँग बर्दिवासमा बैठक गर्ने, माघ ७ र ८ गते बर्दिवासमा नै प्रशिक्षण, प्रदेश २ को संयोजन गर्ने जिम्मेवारी प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनललाई दिने निर्णय बैठकले गरेको छ ।

राष्ट्रिय सभा सदस्यका लागि राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले टिकट पाएका छन् । दुवैजना सप्तरीवासी हुन् ।मृगेन्द्र संयोजक महतो र शेखर अध्यक्ष मण्डल सदस्य भण्डारी निकट मानिन्छन् । राष्ट्रियसभा सदस्यका लागि टिकट पाएका मृगेन्द्र तीनपटक क्षेत्रीय प्रशासक बनिसकेका छन् ।

corrent noodles
Metro Mart

टिकट वितरणमा अन्य जिल्लालाई महत्व नदिइएको भन्दै राजपाभित्र विरोधको स्वर बढिरहेको छ । पार्टीले योग्य र प्रतिबद्ध नेतालाई टिकट नदिएको राजपाका कतिपय नेता–कार्यकर्ताहरुको आरोप छ ।

राजपाका कतिपय नेताले त टिकट वितरणमा पैसाको चलखेल भएको दाबी गरेका छन् । संयोजक महतो र सदस्य भण्डारीले पैसाको चलखेल गरेर टिकट बाँडेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने राजपाका नेताहरुले माग गरेका छन् । पार्टीका एकजना शीर्ष नेताले यदि पैसाको चलखेल भएकाे हो भने त्यो पैसा पार्टीको कोषमा जम्मा हुनुपर्ने बताए ।

महतो संयोजक भएको बेला पार्टीभित्र केही न केही गडबडी हुने गरेको कार्यकर्ताहरुको भनाइ छ । अहिले पनि महतोले विगतझैँ गडबडी गरेको उनीहरुको आरोप छ । महाधिवेशन तयारी समितिको संयोजक ठाकुर रहे पनि उनको अनुपस्थितिमा चारजना सदस्यले सोमबारको बैठकमा महाधिवेशनसम्बन्धी निर्णय गरेको राजपाका असन्तुष्ट कार्यकर्ताहरुको भनाइ छ ।

पार्टीभित्र सबै कुरा ठीकठाक नरहेको राजपाका एकजना शीर्ष नेताले स्वीकारे । ‘राष्ट्रियसभा सदस्यको टिकट वितरणदेखि सोमबारको बैठकबाट भएको निर्णयले यसअघि रहेको मतभेद मनभेदमा परिणत भएको छ,’ ती नेताले नेपाल समयलाई बताए ।

‘विवाद त पहिलेदेखि थियो तर पछिल्लो घटनाक्रमपछि सतहमा आएको हो,’ उनले भने, ‘पार्टी हितविपरीत निर्णय भएपछि असन्तुष्टि बढेर गएको छ ।’ पछिल्लो विवादपछि पार्टी विभाजनतर्फ मोडिएको हो कि ? भन्ने जिज्ञासामा ती नेताले भने, ‘तत्काल पार्टी विभाजन हुने अवस्था आएको छैन, पार्टीभित्र देखिएका विवाद सामाधान हुन्छ मलाई विश्वास छ ।’

पार्टीभित्रको पछिल्ला निर्णयहरुबाट पूर्व तमलोपाका नेता कार्यकर्ताहरु आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । राजपाका एकजना पूर्व तमलोपा नेताले भने, ‘पार्टीभित्र पूर्व तमलोपाका नेता–कार्यकर्ताको भविष्य सुरक्षित रहेको जस्तो लागेको लागेको छैन । हामी पार्टीभित्र कसरी बस्ने समस्या देखिएको छ, अरु नै बाटो खोज्ने बेला आइसके जस्तो लागेको छ ।’

प्रकाशित: Jan 07, 2020| 09:14 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।