शुक्रबार, वैशाख १४, २०८१

ओझेलमा परेका बाको सम्मान गर्ने गीत

‘एउटा पाटोलाई महत्त्व दिँदा अर्को पाटो ओझेलमा पर्‍यो। मेरा हजुरबा भएर मेरा बा भए। मेरा पनि बा छन्। आमाका पनि बा छन्। त्यसैले आमासँगै बाको सम्मान र चर्चा बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो।'
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं– आमाका बारेमा संसारमा अनेक साहित्य लेखिएका छन्। धेरै सिनेमा, डकुमेन्ट्री र टेलिसिरियल बनेका छन्। उसो त जीवित देवी जननीका बारेमा जति लेखे पनि कमै हुन्छ। आमाका बारेमा लेख्दा न शब्द सकिन्छ न भावना। बाका बारेमा पनि धेरै लेखिएका होलान् तर आमाका बारेमा लेखिएका साहित्य, सिनेमा, नाटक आदिको जति चर्चा हुन्छ बाका बारेमा भएका सिर्जनाको कमै चर्चा हुने गरेको पाइन्छ। 

triton college

संगीत स्रष्टा शिशिर योगीले आमाको गीत गाएका छन्। उक्त गीतको सफलतासँगै उनमा बाको गीत गाउने सोच पलायो। तर शब्द थिएन। अनि उनले स्रष्टा अर्जुन पराजुलीसँग सल्लाह गरे। ‘आमाको मात्रै गीत बनाएर बाको गीत नबनाउँदा अपूरो भएझैं लाग्न थाल्यो। आमा गीत लेख्ने प्रिय कवि पराजुलीलाई  बाको गीत लेख्न आग्रह गरें’, योगी भन्छन्। 

संगीतसाधक योगीले आफ्नै युट्युब च्यानल शिशिर योगीबाट ‘बा’ बोलको गीत शनिबार बजारमा ल्याएका छन्।  गीतमा गायक योगीले स्वर भरेका छन्। कुशेऔंसीको अवसर पारी योगीले बा बोलको गीत बजारमा ल्याएको उनले बताए। 

गीतका सर्जक अर्जुन पराजुली पनि सन्तानका लागि बाआमा दुवै समान भए पनि आमाको बारेमा मात्र धेरै लेखिएको बताउँछन्। उनी भन्छन्, ‘बाआमा उस्तै हुन्। बा पनि आमाभन्दा कम होइनन्। आमाको सबैले लेखेकै हुन्। त्यसैले बाको लेख्न पर्छ भन्ने लागिराखेको थियो, लेखें।’ उनको भनाइमा आमाले जन्म दिनुहुन्छ। बाँकी काम सबै बाले नै गर्नुहुन्छ नि। 


corrent noodles
Metro Mart

गीतमार्फत पराजुलीले बाको कथा कसैले नलेखेको भन्दै दुःखेसो व्यक्त गरेका छन्। बाल्यकालमा ढाडमा बोक्ने, खोलानाला तार्ने, काँधमा बोक्ने र आकाश छुने बनाउने त बाले नै हो। घाम लाग्दा छाया जसरी शीतल दिने, पानी पर्दा छानो जस्तै बनेर ओत दिने र भोक लाग्दा अन्नको दाना बन्ने पनि बा नै हो। कुनै पनि सन्तानको खुसीका लागि बाले आफ्ना सबै खुसी भुलेर अथाह दुःख गरेको पाइन्छ। अझ हाम्रो समाजमा छोराछोरीको खुसीका लागि मुग्लान पस्ने बाहरु अनगिन्ती छन्। यसैले बाका बारेमा पनि साहित्य लेखिनुपर्छ। सिनेमा र डकुमेन्ट्री बन्नुपर्छ।

‘एउटा पाटोलाई महत्त्व दिँदा अर्को पाटो ओझेलमा पर्‍यो। मेरा हजुरबा भएर मेरा बा भए। मेरा पनि बा छन्। आमाका पनि बा छन्। त्यसैले आमासँगै बाको सम्मान र चर्चा बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो।' 

योगीले बा शब्द ओझेलमा परेको बताउँदै सम्पूर्ण बाहरूप्रति सम्मान व्यक्त गर्दै यो गीत बजारमा ल्याएको स्पष्ट पारे। ‘आमाप्रति उच्च सम्मान छ। आमाको बारेमा गीत बने, कथा कोरिए, उपन्यास लेखिए, फिल्म निर्माण भए। तर, बा सधैं ओझेलमा परे। त्यसैले बाको योगदानको पनि चर्चा गर्नुपर्छ भन्ने उद्देश्यले यो गीत बजारमा ल्याएको हुँ’, योगी भन्छन्।

बा बिना आमा अपूरो हुने उनको तर्क छ। स्त्री र पुरुषबिना संसारको सृष्टि परिकल्पना गर्न नसकिने भएकाले दुवैको योगदान उस्तै रहेको योगी बताउँछन्। उनी भन्छन्, ‘आमाका बारेमा जति लेखिन्छ, बाका बारेमा पनि लेख्नुपर्छ।’ आमालाई महत्त्व दिँदा बाको भूमिका ओझेलमा परेको उनको भनाइ छ।

‘एउटा पाटोलाई महत्त्व दिँदा अर्को पाटो ओझेलमा पर्‍यो। मेरा हजुरबा भएर मेरा बा भए। मेरा पनि बा छन्। आमाका पनि बा छन्। त्यसैले आमासँगै बाको सम्मान र चर्चा बराबर हुनुपर्छ भन्ने मेरो धारणा हो’, उनले भने।

म्युजिक भिडियोमा योगीले आफ्नो जीवनलाई बालक, युवा र वृद्ध गरी तीन अवस्थामा देखाउन खोजेका छन्। बाल भूमिकामा भ्याली भ्यु इङ्लिस स्कुल, बानेश्वरका विद्यार्थी सबल पन्त देखिएका छन्। ‘१० वर्षीय पन्त भ्याली भ्यु स्कुलको कक्षा पाँचमा अध्ययन गर्छन्। उनले राम्रो अभिनय गरेका छन्’, योगीले भने।

पन्तका बुबाको कोरोना संक्रमणबाट निधन भएको थियो। योगीले गीतका माध्यमबाट उनलाई बुबाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने अवसरसमेत मिलेको बताए। ‘सबल बाबु पितृ वियोगमा थिए। उनलाई गीतमा लिन निकै असहज भइरहेको थियो। तर, पनि सबल बाबुले एकदमै राम्रो अभिनय गरे। उनको अभिनयले हामी सबैलाई आकर्षित गरेको छ’, उनले भने। 

पन्तले विगतदेखि नै नाटक र म्युजिक भिडियोहरूमा जीवन्त अभिनय गर्दै आएकाले गायक शिशिर योगीको आग्रहअनुसार सबललाई ’बा’का लागि अभिनय गर्ने अवसर प्रदान गरिएको विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले बताए।

प्रकाशित: Sep 04, 2021| 13:35 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।