शुक्रबार, वैशाख १४, २०८१

आज पश्चिममा, भोलि पूर्वमा वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानको मौसम बद्लिनुका साथै चिसो बढेको छ ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानको मौसम बद्लिनुका साथै चिसो बढेको छ ।

triton college

इरान र अफगानिस्तान हुँदै जम्मु-कश्मीरमा विकसित भएर नेपाल छिरेको पश्चिमी न्युन चापीय प्रणालीका कारण आज (मंगलबार) काठमाडौं उपत्यकादेखि पश्चिमका भू-भागमा वर्षा र हिमपात हुँदैछ ।

पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली भूभागमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भोलि (बुधबार) काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । भोलि पूर्वी तराई र पहाडी जिल्लामा वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने उनले बताए ।

वर्षा र हिमपातसँगै चिसो अझै बढ्ने मौसमविद्हरुले बताएका छन् । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री छ भने जुम्लाको तापक्रम माइनस ५ डिग्री छ ।

corrent noodles
Metro Mart

यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। शनिबारबाट मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रकाशित: Jan 07, 2020| 02:48 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।