चितवन– चितवनमा साेमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
मृतकको पहिचान खुलेको छैन। रत्ननगर नगरपालिका–४, देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते करिब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
रासस