मंगलबार, वैशाख ४, २०८१

पार्टी बदल्ने वडाध्यक्ष पदमुक्त

दार्चुलाको मार्मा गाउँपालिका–६ का वडाध्यक्ष महादेवसिंह डडाल पदमुक्त भएका छन्। निर्वाचन आयोग नेपालले सोमबार सूचना जारी गर्दै डडाल वडाध्यक्ष पदबाट मुक्त भएका जनाएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

दार्चुला - दार्चुलाको मार्मा गाउँपालिका–६ का वडाध्यक्ष महादेवसिंह डडाल पदमुक्त भएका छन्। निर्वाचन आयोग नेपालले सोमबार सूचना जारी गर्दै डडाल वडाध्यक्ष पदबाट मुक्त भएका जनाएको छ।

triton college

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट वडाध्यक्ष पदमा विजयी भएका डडालले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए।

नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाको २०७६ भदौ १८ गते बसेको बैठकले वडाध्यक्ष डडाललाई पार्टीबाट निष्काशन गर्ने तथा अध्यक्ष पदबाट पदमुक्त गर्न निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो।

कांग्रेसले असोज १५ गते वडाध्यक्ष पदबाट मुक्त गर्न जिल्ला निर्वाचन कार्यालय दार्चुलामार्फत निर्वाचन आयोगलाई निवेदन दिएको थियो। नेपाली कांग्रेस त्याग गरेका डडाल पदमुक्त भएसंगै उक्त पद स्वतः रिक्त हुन गएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Jan 06, 2020| 12:15 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।